Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा निति,कार्यक्रम तथा बजेट सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०८० आइतवार
  • 330
    SHARES

लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा निति,कार्यक्रम तथा बजेट सार्वजनिक

 

लुम्बिनी असार १०  /

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो ।

images

जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड एकतिस लाख,सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख राजश्व बाँडफाड तर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदान तर्फ १ करोड तिस लाखको अनुमान गरिएको छ ।

यस्तै,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार शर्सत अनुदान १ करोड ११ लाख ५० हजार,राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार,प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै,गत वर्षको अल्या बैँक मौज्दात ३ करोड,सडक बोर्ड तर्फ ४० लाख गरि आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

pardesh 7 add.jpg

आ.व २०७९÷०८०को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ ।

नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी प्र्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएको छ ।नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको निति कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,पुर्वाधार,धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।


लुम्बिनी चिन्तन

थप समाचार