Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

यमाहाको `हाइब्रिड’ स्कुटर बजारमा


  • लुम्बिनी चिन्तन
  • जेठ ३२, २०८० बिहिवार
  • 454
    SHARES

यमाहाको `हाइब्रिड’ स्कुटर बजारमा

भैरहवा ३२ जेठ ।

यमाहा कम्पनीको भैरहवाका लागि आधिकारिक बिक्रेता रहेको किस्मत अटोमोबाइल्सले बुधबार नयाँ मोडलको स्कुटर लन्चिङ गरेको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ‘रे जेडआर १२५ हाइब्रिड’ स्कुटर लन्चिङ गरे । रे जेडआर १२५ हाइब्रिड’ एक पुनः डिजाइन गरिएको, पूर्ण रूपमा डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर र मानकको रूपमा एलइडी हेडल्याम्प भएको स्कुटर हो ।

सवारी चालकहरूको लागि अधिकतम भिजिबलिटी र सुविधा सुनिश्चित गर्ने सो स्कुटर १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ ९९ किलोग्राममा उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन, र २१ लिटर अन्डर–सीट भण्डारण जस्ता सुविधाहरू रहेका छन् । स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउने किस्मत अटोमोबाइल्स सञ्चालक कल्याण श्रेष्ठले जानकारी दिए ।

pardes add 29.jpg

सो स्कूटरको मूल्य २ लाख ७४ हजार ९ सय देखि २ लाख ९९ हजार ९ सय बाट सुरु रहेको उनले बताए । स्कुटर स्ट्याण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार भेरियंटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्कुटरमा एफआई ब्लुकोर इञ्जिन रहेको छ भने हाइब्रिड भेरियन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्छन् । २१ लिटर अण्डरसिट स्टोरेजलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । स्कुटरमा आइडियल स्टार्टस्टप टेक्नोलोजीको प्रयोग गरिएको छ भने पावर एसिस्ट प्रयोग गरिएकाले उकालो बाटोमा चलाउँदा पनि ठूलो आवाज आउँदैन।

karsi 28.jpg

एफ आइ इन्जिन भएको नयाँ प्रविधि भएको र पिकअप ,माइलेज र कन्ट्रोङ राम्रो भएकोले यी स्कुटिहरुमा ग्राहकहरुको बढी आकर्षण देखिएको सेल्स म्यानेजर बिशाल कुँवरले जानकारी दिए । कार्यक्रममा एमएडब्लु ईन्टरप्राईजेज प्रा.लि.का एरेया सेल्स म्यानेजर सुवाष देवकोटा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, किस्मत अटोमोबाइल्सका सेल्स म्यानेजर बिशाल कुँवर लगायतले मन्तब्य राखेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार