Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

निगमले आजदेखि भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै


  • लुम्बिनी चिन्तन
  • जेठ ३०, २०८० मंगलवार
  • 334
    SHARES

निगमले आजदेखि भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै

भैरहवा जेठ ३०
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ।

निगमले काठमाडौं(मलेसिया(भैरहवा(काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए।

उनका अनुसार मंगलबार बिहान साढे ७ बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ। पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागतको तयारी भइरहेको छ। 

pardes add 29.jpg

जहाज भैरहवा अवतरण गरेर पुनः काठमाडौं फर्किनेछ।

यसपछि हरेक मंगलबार निगमले नियमित उडान गर्ने प्रवक्ता रमेश पौडेलले बताए।

निगमले दिल्ली(भैरहवाका लागि पनि उडानको तयारी गरेको छ। तर सम्बन्धित निकायबाट उडान अनुमति पाएको छैन।

ुनिकट भविष्यमै निगमले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थप्दै जानेछ,ु प्रवक्ता पौडेलले भने।

karsi 28.jpg

२०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरवेजले नियमित उडान गर्दै आइरहेको थियो। करिब डेढ महिनादेखि जजिराले कुवेत(भैरहवा उडान रोकेको छ।


लुम्बिनी चिन्तन

थप समाचार