Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री प्रचण्ड


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०८० बिहिवार
  • 234
    SHARES

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री प्रचण्ड

भैरहवा जेठ २५/

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले विकास मोडेलमा समीक्षा गर्दै उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।

लुम्बिनी केबलकार बुटवल हिल्सको बिहीबार औपचारिक रूपमा उद्घाटन गर्दै प्रधानमन्त्रीले निजी क्षेत्रको साथमा सरकार रहेको भन्दै विकास र समृद्धिमा गुणस्तर सुधारका लागि सरकार लागिपरेको बताए। कोरोना महामारीपछि शिथिल बन्दै गएको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका सुझावहरूलाई समेत बजेटमा समेटिएको भन्दै उनले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने नीति रहेको स्पष्ट पारे।

pardes add 2.jpg

 

अर्थतन्त्रले लय लिएको दाबी गर्दै प्रचण्डले लगानीको सम्भावना रहेकाले लगानी गरेर प्रतिफल लिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे। अर्थतन्त्र अप्ठ्यारो रहेको अवस्थामा केबलकार सञ्चालनले आर्थिक क्रियाकलाप थप चलायमान हुने भन्दै उनले सञ्चालकहरूलाई धन्यवाद दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केबलकार सञ्चालनसँगै यहाँका अन्य पर्यटकीय क्षेत्रमा पर्यटकहरूलाई थप सुविधा दिने बताए। उनले १४ महिनामा ठूलो आयोजना सम्पन्न गरी देशमा विकास गर्न सकिने सम्भावनालाई उजागर गरेको बताए। निजी क्षेत्रबाट छिटो काम हुने तर सरकारी विकासका काम तोकिएको समयमा नहुने समस्यालाई तोड्ने गरी अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए।

pardes add.jpg

कार्यक्रममा भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटक यहाँ आर्कषित हुन सक्ने सम्भावना देखिएको बताए। ‘नेपालको साहसिक, धार्मिक र पर्यटकीय स्थलमा बाह्य पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको छ। नयाँ गन्तव्यका कारण नेपाल र भारतबीच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुनेछ,’ उनले भने।

केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानबारे धारणा राखे। केबलकार धार्मिक सर्किटको विकासले पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ। निजी क्षेत्रको लगानी केवल व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्वतर्फ पनि ध्यान दिएको उनले प्रस्ट पारे।


लुम्बिनी चिन्तन

थप समाचार