भैरहवा जेष्ठ २०/
भैरहवामा रहेका क्यासिनोहरुले अबैध मदिराको कारोवार गर्ने गरेको ब्यावसायीहरुले गुनासो गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट ब्यावसायी संगठन र मदिरा ब्यावसायी संघ भैरहवा रुपन्देहीले भैरहवामा आयोजना गरेको ब्यावसायीक अन्तरकृया कार्यक्रममा बोल्ने सहभागीहरुले क्यासीनोले ग्राहकलाई सेवा दिने भन्ने बहानामा होटल देखी सिमा नाका सम्म संचालन हुने सवारी साधनमा अबैध मदिरा भित्राउने गरेको गुनासो गरे ।
भारत बाट भन्सार छलेर भित्राईएका मदिरा अहिले क्यासिनोमा छयाप छयापती भेटिन्छ मदिरा ब्यावसायीहरुले भने । क्यासिनो भित्र हुने अबैध मदिरा र लोकल मदिरा नियन्त्रणमा प्रहरीले सकृयता देखाउनु पर्ने मदिरा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष केशव राज ज्ञवालीले बताए ।

उधोगीले निम्न गुणस्तरको देखी उच्च गुणस्तरको मदिरा उत्पादन गर्ने गरेको र हरेक मदिराको बोतल बाट सरकारलाई राजश्व उपलब्ध हुने भएकाले राजश्वलाई प्रभाव पार्न नदीन पनि प्रहरीले भारत बाट ल्याईएको अवैध मदिरा र स्थानिय स्तरमा उत्पादित लोकल मदिरा नियन्त्रणमा सहयोग गर्नु पर्ने बताए ।
भैरहवामा रहेका क्यासिनोहरुले ग्राहकलाई लिन र छोड्नका लागी नेपाल भारत सिमा नाका बेलहीया सम्म पुग्ने र त्यही बहानामा उच्च गुणस्तरका मदिराहरु लिएर आउने गरेको ज्ञवालीले बताए । ति गाडीहरुलाई प्रहरी , भन्सार र शसस्त्र प्रहरीले नियमित चेकजांच गर्न उनले सुझाव दिए ।
उता होटल व्यवसायहीहरुले राति १० बजेनै होटल बन्द गराउंदा ढिलागरि आउने पर्यटकलाई खाना र वस्ने व्यवस्था मिलाउन समस्या भएको गुनासो गरे । यात्रुहरुको आवतजावत रातिसम्म हुने भन्दै जुनसुकै समयमा आउने पाहुनाको सत्कार गर्न पाउनुपर्ने होटल व्यवसायीहरुको भनाई छ ।
हस्पिटल छेउका होटलहरु पनि प्रहरीले १० बजेनै बन्द गराउने गरेको ब्यावसायीहरुले गुनासो गरे । हस्पिटलमा रहेका बिरामीहरुलाई दाल , सुप , सादा खाना , कालोचिया जुन सुकै समयमा पनि दिनु पर्ने हुन्छ तर प्रहरीले १० बजेनै सिठि फुक्दै आउछ होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले भने । उनले रात्रीकालिन समयमा पर्यटकको सहज आवतजावतका लागि सुरक्षा प्रदान गर्न प्रहरीलाई आग्रह गरे ।
कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकले होटल व्यवसाय शान्ति सुरक्षासंग प्रत्यक्ष जोडिएकोले प्रत्येक होटलमा सिसिटिभि जडान गर्नु पर्ने सुझाव दिए । प्राय सबै अवराधको योजना होटलमै बसेर बनाउने गरेको अनुसन्धानमा देखिएकोले होटलमा आउने हरेक व्यवतिmको व्यवतिmगत विवरणका लागि नागरिकता वा परिचय खुल्ने भरपर्दो कागज अनिवार्य माग्ने, लेखाएको मोवाईल नम्बर सही हो वा हाईन समयमै एकिन गर्ने, उसका गतिविधिमा निगरानी गर्ने जस्ता सावधानी अपनाउन होटल व्यवसायीहरुलाई अनुरोध गरे ।
यस्तै होटल संचालन गर्ने संचालकले आफ्ना कर्मचारीलाई कानुनी मापदण्डका विषयमा जानकारी गराउने, कम उमेरका बालबालिकालाई काममा नलगाउने तथा उनीहरुमाथि हुन सक्ने र्दुव्यवहारका बारेमा सचेत गराउने लगायतमा सावधानी गराउन आग्रह गरे । क्यासीनोमा हुने अबैध मदिराको कारोवारका बिषयमा अनुगमन गर्ने बताए ।
कार्यक्रममा व्यवसायीहरु गोपाल भण्डारी, सुरज कुवर,कल्पना, भागिरथी पाण्डे, माधव घिमिरे, रमेश गिरी, प्रितम गिरी लगायतले आआफ्ना भनाई राख्दै ठुला होटल तथा क्यासिनो र साना होटलकाबीचमा प्रहरी प्रशासनले विभेद गरेको समेत गुनासो गरेका थिए ।
संगठनका महासचिव राजेश महोत्राको संचालन तथा मदिरा व्यवसायी संघ भैरहवामा वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यावादमा सम्पन्न कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष दिलिप कुमार कान्दु, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका निवर्तमान अध्यक्ष गणेश वेल्वासे, उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव सचिन रोक्का लगायतले आआफ्ना भनाई राख्दै सबै व्यवसायलाई मर्यादित बनाउन सबै ईमान्दार बन्नुपर्ने बताए ।