Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो


  • लुम्बिनी चिन्तन
  • जेठ १८, २०८० बिहिवार
  • 608
    SHARES

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो

१८ जेठ, काठमाडौं ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने बाटो खुलेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

भ्रमण दलमै नयाँ दिल्लीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो सहमतिसँगै अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरुले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने जानकारी दिए ।

lumbini pardes add.jpg

यसअघि यो प्रणाली जडान भएपनि भारतबाट सञ्चालनको अनुमति नआएका कारण जाडो याममा हुस्सु लाग्दा जहाजहरुले उडान नै रद्द गर्नु परेको थियो । उपकरणमा आधारित ल्याण्डिङ प्रणालीमा कम भिजिबिलिटीमा पनि जहाज सजिलै अवतरण गर्न सक्छन् । अब नेपालले प्रणाली सञ्चालनको प्रक्रिया पुरा गर्नुपर्छ ।

यस्तो उडानका दौरान जहाजहरुले भारतको नजिकको बोर्डर छुन सक्छन् । सो क्रममा भारतबाट थप अनुमति लिइरहनु पर्दैन ।


लुम्बिनी चिन्तन

थप समाचार