Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिमावर्ती फरेनिया बजारबाट हुने करोडौंको तस्करी रोक्न भैरहवाका व्यवसायीहरु सिमामा निस्किए


  • लुम्बिनी चिन्तन
  • जेठ ६, २०८० शनिवार
  • 298
    SHARES

सिमावर्ती फरेनिया बजारबाट हुने करोडौंको तस्करी रोक्न भैरहवाका व्यवसायीहरु सिमामा निस्किए


भैरहवा जेठ ६/
शनिवार दिनभर  प्रहरीसंगै उद्योगी व्यवसायीहरु सिमाामा खटिए । खाली झोला बोकेर बजार हिडेका नेपाली उपभोतmालाई सिमाबाटै घर फर्काईयो ।

यसमा नेपाल प्रहरी लगायत रुपन्देहीका  शसस्त्र प्रहरी प्रमुख नै खटीएको देखिन्थ्यो । जसका कारण बजारको दिन खचाखच भिड हुने सिमानाका बाटोहरु सुनसान थिए । आर्थिक मन्दीको चपेटामा परेका यहांका व्यवसायीहरु सटर बन्द गरेर भाग्नु पर्ने अबस्था आएको तर सिमावर्ती बजार फरेनिया बजारबाट करोडौंको सामान तस्करी हुने गरेको भन्दै बारम्बार प्रहरीलाई दवाद दिएका उद्योगीहरु अन्तत आफै सिमामा निस्किएका हुन् ।

अति भएपछि हामी आफै सडकमा उत्रियौं सिद्धार्थनगर उधोग बाणिज्य संघका पदाधिकारीहरुले भने । संघका पदाधिकारीहरु फिल्डमै खटिएका थिए । सुरक्षा कर्मीहरुले बजार गर्न जानेहरुलाई बाटोमा सम्झाउदै फर्काएका थिए ।  

pardes add 27.jpg
नेपाली उपभोतmलाई लक्ष्ँित गरेरै कम गुणस्तरका सामान बेच्न पल्लेका भारतीय व्यवपारीहरु भने शनिवार बजार शंनाटा छाएको भन्दै आकुल प्याकुल बनेका थिए ।

हाम्रो क्यामेरा देख्ने वित्तिकै उनीहरुले नेपाल तर्फ आएर दुखेसो पोखे । 
खुल्ला सिमा त्यसमा पनि नेपाल भारतका वासिन्दाबीचको आपसी सम्बन्ध,रोटीवेटीको सम्बन्ध रहेको भन्दै नेपाली उपभोतmा सस्तो पाउने नाममा सिमावर्ती भारती बजारमा किनमेल गर्न जाने प्रचलनले प्रहरीलाई समेत नियन्त्रणमा कठिनाई भएको थियो ।्घरायसी सामानदेखि व्यापारीक प्रयोजनका लागि भारतीय बजारबाट गुणस्तरहिन सामान आयात गर्दा जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको विषय विभिन्न फोरममा उठ्ने गरेका थिए । 


एकातिर नेपाली आम उपभोतmाको स्वास्थ्यमा खेलवाड हुने अर्कोतर्फ दैनिक नेपाली करोडौं रुपैया बाहिरीने हुंदा देशमा आर्थिक मन्दी झनपछि झन चर्किदै भएको छ । यस अघिपनि भारतीय बजार फरेनिया बजारमा नेपाली उपभोतmालाई रोक लगाउनु पर्ने आवाज उठेका हुन् तर ियसलाई कार्यान्वयनमा लैजान भने सकिएको थिएन् । 


प्रहरी र आम उपभोतmा, व्यवसायी सबैको हातेमालोले नेपाली उपभोतmलाई सचेत गराउन सकेको खण्डमा यसलाई दीर्घकालिन गर्न सकिने शसस्त्र प्रहरी उपरिक्षक दीपक बहादुर थापाले बताउनु भएको छ । राजश्व राष्ट्रिय सम्पत्ती हो यसको संरक्षण हामी सबै मिलेर गरौंभने त्यसले उपभोतmालाई पनि राम्रो गर्छ र राजश्व पनि बृद्धि हुन्छ उहांले भन्नुभयो । 


लुम्बिनी चिन्तन

थप समाचार