Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एनआईसी एशिया बैंक लुम्बिनी शाखामा लगाईएको ताला एक घण्टा पछि खोलीयो


  • लुम्बिनी चिन्तन
  • बैशाख ३, २०८० आइतवार
  • 2.1K
    SHARES

एनआईसी एशिया बैंक लुम्बिनी शाखामा लगाईएको ताला एक घण्टा पछि खोलीयो

 

भैरहवा वैशाख ३/
बैंकले ज्यादती गरेको भन्दै व्यवसायी तथा सेवाग्राहीहरुले आईतवार एनआईसी एशिया बैंक लुम्बिनी शाखामा लगाएको ताला एक घण्टा पछि खोलिएको छ ।
बैकले किस्ता जम्मा गर्न ताकेता गर्ने र केही रकम जम्मा गरी बांकी थप रकम जुटाउन पहल गर्दा गर्दै बैकले धितो लिलाम सकार गरेर ब्यावसायिमाथी अन्याय गरेको भन्दै उधोगी ब्यावसायिहरुले बैकमा तालाबन्दी गरिदिएको उधोग ब्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए । 
एनआईसी एशिया बैंकले उद्योगी व्यवसायी र सेवाग्राहीलाई दुःख दिएको उनले बताए । उनले भने, ‘बैंकले सेवाग्राहीको सम्पत्तिमाथि आँखा लगाउने गरेको छ । ८÷९ प्रतिशत ब्याजदरमा ऋण दिने भनेर बैंकले सम्झौता गर्ने अनि १८ प्रतिशतसम्म ब्याज लिन्छ । ’
बैंकबाट ऋण लिएका होटल आकाश इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक उमाशंकर मिश्राले बैंकबाट आफू पीडित भएको गुनासो गरे । असोज मसान्तसम्म बैंकमा कुनै बाँकी वक्यौता नभए पनि त्यसपछि बैंकले १० लाख तिर्न आग्रह गरेको र आफूले तिरेको बताए । 
बैंकको आग्रहअनुसार १० लाख तिरे तर, पछि फेरी ९ लाख तिर्न भनियो, ९ लाख रुपैयाँ तिर्न पनि तयार भए र रकम जुटाउनतर्फ लागे । तर, केही दिनपछि मलाई बैंकले ३० लाख जम्मा गर्न भन्यो ।’ अहिले होटल तथा पर्यटन व्यवसाय ठप्प भएको असहज परिस्थितिमा बैंकले झन ज्यादती गरेको मिश्रले बताए ।
‘९ लाख रुपैयाँ जम्मा गरेपछि केही दिनका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किए र मलाई पुनः बैंकले फोन गरेर भन्यो ‘९ लाखले पुग्दैन ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौं ।’ उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै मैले किस्ता तिर्ने भाका माग गरेको थिए उनले भने । 
बैंकले कुनै मुद्दामा नजानुस्, हामी तपाईमाथि विश्वासघात गर्दैनौं भने पनि आफूलाई झुक्याएको मिश्राको भनाइ छ । होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर जग्गा र घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको उनले बताए । बैंकले व्यवसायीको मनोबल गिराउने कार्य गरेको होटल व्यवसायी अकरामुद्दिन खानले बताए । बैंकले व्यवसायीलाई अनावश्यक टर्चर दिएको उनको भनाई छ । एउटा व्यक्तिले ऋण तिर्छु भन्दाभन्दै व्यवसायीलाई झुक्याइएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको होटल व्यवसायी मेघनाथ आचार्यले बताए । 

pradesh.jpg
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, विष्णु गौतम, रविन्द्र शर्मा घिमिरे, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवाली, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल लगायत स्थानिय होटल ब्यावसायिहरु बैकमा तालाबन्दी गर्नका लागी पुगेका थिए । 
एनआईसी एशिया बैंक लुम्बिनी शाखा प्रबन्धक प्रविन रायमाझीले कानूनी प्रक्रियाअनुसार नै बैक अघि बढेको बताए ।

 


लुम्बिनी चिन्तन

थप समाचार