Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल नियमित संचालनको माग गर्दै उधोगी ब्यावसायिहरु द्धारा धर्ना


  • लुम्बिनी चिन्तन
  • चैत्र २५, २०७९ शनिवार
  • 258
    SHARES

गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल नियमित संचालनको माग गर्दै उधोगी ब्यावसायिहरु द्धारा धर्ना


भैरहवा चैत्र २४,
गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल नियमित संचालनको माग गर्दै भैरहवाका उधोगी ब्यावसायिहरुले बिमानस्थल गेटमा धर्ना दिएका छन् । 
उधोग ब्यापार संगठन रुपन्देहीको समन्वयमा बिभिन्न ४४ वटा संघ संस्थाहरुको सहभागीतामा धर्ना कार्यक्रम गरिएको संगठनका अध्यक्ष अनिल ज्ञवालिले जानकारी दिए । यो कार्यक्रम सुरुवात र सांकेतिक मात्र भएको उनले बताए । बिमानस्थल नियमित संचालनका लागी दवाव दिन आगामी दिनमा कडा कार्यक्रम गर्ने उनले चेतावनी दिए । 
संगठनले अघिल्लो हप्ता बिमानस्थल नियमित संचालन गर्ने अवस्थाको श्रृजना गर्न के कस्ता दवाव मुलक कार्यक्रमहरु गर्न सकिन्छ भन्ने बिषयमा बिभिन्न संघसंस्थाहरु संग सुझाव लिएको थियो । उक्त कार्यक्रममा सहभागीले बिमानस्थल संचालन गर्न दवाव दिनका लागी धर्ना कार्यक्रम देखी लिएर बिमानस्थलको रवेमा सुत्ने र भैसी चराउने सम्मका आन्दोलन गर्न सुझाव संगै सरकारलाई चेतावनी दिएका थिए । 

bbb.jpg
२०७१ गत माघ १ गते अर्थात (३१ डिसेम्बर २०१४ ) का दिन तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले बिमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । बिमानस्थलको शिलन्यास भए संगै रुपन्देहीमा हाल सम्म पर्यटन ब्यावसायिहरुले करिव ३० अर्ब रुपैया होटलमा लगानी गरेको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले बताए । बिमानस्थलाई हेरेर ब्यावसायिहरुले ठुलो लगानी गरे अहिले बैकको ब्याज तिर्न नसक्ने अवस्थामा छन् कसरी बाच्ने श्रेष्ठले भने ।
उधोगी ब्यावसायिहरुलाई बचाउनकै लागी पनि बिमानस्थल नियमित संचालन गर्नु पर्ने होटल तथा रेष्टुरेष्ट ब्यावसायि संगठनका अध्यक्ष पिताम्वर न्यौपानेले बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरुलाई भित्राउने उदेश्यले निमार्ण गरिएको बिमानस्थल बाट बिदेशमा रोजगारीका लागी जाने आउने बिमानस्थल बनाउनु गलत भएको संगठनका अध्यक्ष न्यौपानेले बताए ।
गौतमबुद्ध बिमानस्थललाई भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध मार्गीहरुलाई भित्राउने गरी योजना बनाएर काम गर्नु पर्ने होटल ब्यावसायि महासंघ नेपालका उपमहासचिव राजेश मलहोत्राले बताए । बिश्व समुदायमा रहेका बौद्ध धर्मावलम्बीहरुलाई एक पटक लुम्बिनी आउने वातावरण बनाउने गरि सरकारले निति बनाउनु पर्ने उनले बताए ।
शुक्रबार गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल नियमित संचालनको माग गर्दै उद्योगी ब्यावसायिहरु एयरपोर्टमै गएर धर्ना दिए । जसमा स्थानीय सरकार सिद्धार्थनगर नगरपालिकाको समेत समर्थन रहयो । सिद्धार्थनगर नयरपाकिाका नगर प्रमुख ईस्तियाक अहमद खानले  एयरपोर्टसंग यहांका स्थानीयको मात्र नभएर सिंयो देशको जीवन जोडिएकोले तत्काल पुर्ण रुपमा संचालन गर्न केन्द्र सरकारलाई आग्रह गनुभयो । 
उद्योग व्यापार संगठनको पहलमा यहाका ४४ वटा संघसंस्थाले व्यानर सहित उपस्थित भएर एयरपोर्ट संचालनका लागि गरिएको दवाब मुलक कार्यक्रममा एक्यवद्धता जनाएका छन् । उनीहरुले अन्तराष्टिय विमानस्थल पुर्ण रुपमा संचालन नगरिए आन्तरिक उडान समेत ठप्प पार्ने चेतावनी दिए । बिमानस्थल संचालनमा ल्याउनु राज्यको दायित्व भएको सिद्धार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
पश्चिम नेपालकै समृद्धिसंग जोडिएको गौतमबुद्ध एयरपोर्ट संचालन गर्न नसक्नुले देश चलाउने नेतृत्वमाथिनै  उद्योगी व्यवसायीहरुले प्रश्न गरेका छन् । आफुले बोलेका र प्रतिवद्धता जनाएका विषयमा समेत नेतृत्व भम्भिर नभएको उद्योग व्यपार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले आक्रोस व्यतm गरे ।
निर्माण सम्पन्न भएको एकवर्षसम्म यसको संचालनमा सरकार उदासिन बनेको भन्दै यहांका टाभल्स व्यससायी समेत रुष्ट बनेका छन् । राजनीतिक जस अपजसको खेलमा रुमलिएको यो एयरपोर्ट संचालनका लागि भने यहांका सबै राजनीतिक दलहरुको एकै स्वर हुनेमा सबै दल प्रतिवद्ध रहेको अनुप बरालले बताए ।  कहिले एयररुट त कहिले अन्य विषयलाई  बहाना बनाएर अलपत्र पारिएको एयरपोर्ट अब भने संचालनको संगारमा पुरेको  गौतमबुद्ध अन्तराष्टिय विमानस्थल नागरिक उद्यनका महाप्रबन्धक हंसराज पाण्डेले आश्वसन दिए । 


लुम्बिनी चिन्तन

थप समाचार