भैरहवा चैत्र १०/
मिसन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ वर्षको अन्तरालमा ११ वटा शाखा संचालनमा ल्याएको छ । होटलको ११ औं शाखा पर्यटकीय सहर पोखरामा सञ्चालनमा आएको छ । होटलका निर्देशक विष्णु ज्ञवालीले सबैको साथसहयोगले आफूहरु यहाँसम्म आइ पुगेको बताए ।
‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको १ सय मिशनको यात्रा ११ औं शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं,’ भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पुर्याएको पौवा कर्णालीको जुम्लादेखि गण्डकीको पोखरामा आइपुगेको छौं ।’
उनका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ । करिव १० करोडको लगानिमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो । होटल पौवा पोखराले आजदेखि तीन दिनसम्म होटलमा स्वाद उत्सवको रुपमा मनाएको छ । स्वाद उत्सवकै क्रममा भोलि (शनिबार) गजलकार थानेश्वर गौतमको एकलसाँझ समेत आयोजना गरिएको होटल व्यवस्थापनले जानकारी दिएको छ ।
उनले सामूहिक लगानीबाट गरिएको ब्यवसायले देशमा रोजगारी सृजना गर्ने दाबी गरे । ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायन भएका छन्,’ मुख्यमन्त्री अधिकारीले भने, ‘सामूहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी नेपाली समृद्ध नेपालमा सहयोग पुग्दछ ।’

यस्तै, कार्यक्रममा पर्यटनकर्मी गणेश भट्टराईले राजनैनिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए । ‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्डामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्,’ भट्टराईले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिँदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’ उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु आफैमा चुनौतीपूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताए ।