भैरहवा चैत्र ११,
हिमाली सामुदायिक सेवा केन्द्र ७,८ र ९ को आयोजनामा शनिवार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुरेन्द्र जंग थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी वल २७ नं गणका प्रहरी नायव उपरिक्षक प्रेम प्रकाश सिक्देल , नेपाल रेडक्रश सोसाईटी रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपाने , कोषाध्यक्ष शुसिल गुरुड. , निमार्ण ब्यावसायि संघका अध्यक्ष दिपक शाही , संस्थाका आजिवन सदस्य दामोदर शर्मा घिमिरे , वडा प्रहरी कार्यालयका प्रमुख मधु नेपाल , जिल्ला ट्र्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक साकार पन्त , लुम्बिनि प्रेस क्लवका अध्यक्ष संम्झना शर्मा लगायतको उपस्थिती रहेको संस्थाका सचिव बिष्णु प्रसाद मरासिनिले बताए ।
कार्यक्रममा ४१ जनाले रक्दान गरेका थिए ।