भैरहवा, चैत्र ६ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको मानव सेवा आस्रम दिनदुःखीको चहर्याइ रहेको घाउमा मलम पट्टि बनेको छ। यस आस्रममा बालबालिका बृद्ध ,महिला, पुरुष, असाहाय अपाङ मानसिक तनाब भएका ,घरबार विहिन र वेवारिसे गरेर जम्मा १५३ जना आस्रित रहेको कुरा लुम्बिनी प्रदेश कोडिनेटर सरु अधिकारीले जानकारी दिइन् । जस मध्ये महिला ६३ जना वालवालिका ५० जना र पुरुष ७७ जना रहेको पाइयो । विशेष गरी यस आश्रममा कस्ता खाले व्यक्तिव्य आस्रित छन् भन्ने प्रश्नगर्दा अधिकारीले भनिन्, यस आस्रममा ११० जना मानसिक रोगी (औषधि सेवन गर्नु पर्ने ) ३ जना दृष्टि विहिन महिला पुरुश गरेर १२ जना अपाङ्ग रहेको कुरा उनले बताइन् । यस आस्रममा १५ जना सेवाको लागि खटिएका कर्मचारी र दुई जनता स्वयं सेवक कर्मचारी गरी जम्मा १७ जना रहेका छन् ।

यस आश्रममा आश्रित जुन कोही दुखी व्यक्तिहरू पनि यस आस्रममा छिरेपछि सबै खुशि र सुखी रहने कुरा उनी बताउछिन् । यस आस्रमको सेवा सुविधाको वारेमा प्रश्न गर्दा उनले यसो भनिन, दैनिक खाजा रु ६०००÷– वरावर को र दैनिक खाना खर्च रु १०हजार बरावरको दिने गरिएको छ ।
यसैगरी यसको ब्यबस्थापन कसरी गर्नु भएको छ भन्दा सरुले स्थानीय र प्रदेश सरकारको २५% सहयोगमा अरु ७५% विभिन्न संघ ,सस्था र व्याक्तिगत सहयोग जुटाएर यस आस्रम को व्यवस्थापन गरेको कुरा प्रस्ट पारिन् ।
यसै क्रममा सिद्धार्थ नगरपालिका वाड नम्बर ७निवासी ६८ वार्षिय पद्मा उपाध्यायलाई गास बास कपास को व्यवस्था मिलाइदिन अनुरोध गर्दै भैरहवाको एक समाज सेवी टोलिले मानव सेवा आश्रममा बुझाएको छ ।
उक्त ६८ बर्शिया पद्मा उपाध्याय विगत केही वर्ष देखि आफ्नो दाजुसँग सिद्धार्थनगर नगरपालिका वार्ड नं. ७मा बस्दै आएकी थिइन । दाजु एक्कासी विरामी परे र उनको मृत्यु भयो । बहिनी एक्लै बस्दै आएकि थिइन् ।
पद्मा को दाजुले आफू बसेको घरपनि अर्कैको नाममा पास गरि सकेका रहेछन । दाजु ले पनि लागू पदार्थ सेवन गरिरहने भएकोले आफ्नी बहिनीको नागरिकता समेत बनेको थिएन । उनका दाजुले खानलाउन राम्रो सँग नदिने गाली गलोच गर्ने, कुटपिट गर्ने जस्ता अमानवीय कृयाकलाप गर्ने गर्थे ।
दाजुको मृत्युपछि पदमा लाई उनी वसेको घरबाट निकाला गरियो । उनी वेवारिसे जस्तै भएकी थिइन उनी आज ६८ वर्ष सम्म पनि कुमारी नै छन्– ्र
आज २०७९चैत्र १ गतेका दिन सि.न.पा.–९ निवासी सावित्री घिमिरे को संयोजकत्वमा एक टोलीले उनलाई मानव सेवा आश्रममा पु–याएको छ ।
यतिका दिनसम्म निराशा देखिएको पद्मा को अनुहारमा आज खुशीयाली देखिएको छ ।
सोही अवसरमा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक विष्णु प्रसाद अर्याल को टोलिले यस कार्यमा ठूलो सहयोग पुयाएको छ ।अर्यालले भने यस्ता कैयौं घटनाहरूको हामीले सत्यतत्थ्य विवरण खोजी छानबिन गरी, आफुले सकेको सहयोग गर्दै आएका छौ । हामी दिन रात नभनी खटिएर काम गरिरहेका छौं । हामीलाई समयको पावन्दी छैन ।जतिवेला जे काम आइपर्छ त्यही काम गर्न तत्पर रहेका छौं । र यस्ता अन्य घटनाहरू कर्ते घटेको थाहा पाएमा हामी मिडिया लगायत अन्य जुनसुकै संघ संस्था हरु सँग पनि समन्वय गरी कामगर्न सधै तत्पर रहने छौ भन्ने कुरा अर्याले बताए। साथै बेसाहारा बनेकी पद्माको सिद्धार्थनगर नगर पालिका ,रुपन्देही कि वरिष्ठ समाज सेवी ज्ञानु पौडेल र महिला अधिकार कर्मी मिनाको पहलमा सावित्री घिमिरेको संयोजकत्वमा प्रहरी उपरीक्षकको एक रोली र पद्मा को छिमेकी माया गुरुङको सहयोगमा यो कार्य सम्पन्न भएको छ।