भैरहवा, २४ फागुन ।
टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था ओमसतियाको आयोजनामा महिला उपसमितिको संयोजनमा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सदस्य वार्षिक भेला सम्पन्न गरेको छ I
महिला उपसमिति सदस्य ज्ञान कुमारी कार्कीको अध्यक्षता, लोकसेवा आयोग लुम्बिनी प्रदेश कार्यालयकी उपसचिव तारा ज्ञवालीको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालिका महिला बालबालिका शाखा प्रमुख सम्झना भण्डारी तथा ओमसतिया गाउँपालिका महिला शाखा प्रमुख निर्मला पाण्डेयको विशिष्ट आतिथ्यता, नारी बिकास संघ ठुटीपिपलकी अध्यक्ष शिव कुमारी मल्लको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्था अध्यक्ष डी.बि.थापा लगायत संचालक समिति, सल्लाहकार, उपसमितिका महिला पदाधिकारीको उपस्थिति थियो I
भेलामा संस्थाका ४४ जना जेष्ठ नागरिक महिला सदस्यलाइ सम्मान पेन्सन, ३४ जना उच्च शिक्षा स्नातकोत्तर, एमफिल, एमडी उपाधि हासिल गर्ने महिला सदस्यलाइ सम्मान, ४ जना सफल उद्धमी महिला सदस्यलाइ सम्मान, ५ जना उत्कृष्ट नारी बचतकर्ता महिला सदस्यलाइ सम्मान गर्नुको साथै ३ जना अपाङ्ग महिला सदस्यलाइ आर्थिक सहयोग सहित सम्मान गरिएको थियो I
सम्मानित मनछुने आमाको अचारकी उद्धमी सदस्यले नोकरी जीवन छाडेर अचार व्यसायमा लागेको आफ्नो अनुभव सुनाएका थिए I सदस्य तर्फ देखि कविता भण्डारी, उपसमितिको तर्फ देखि रीमादेवी भट्टराइ, संचालकको तर्फ देखि शशिकला गुरुङ, सल्लाहकारको तर्फ देखि धनमाया गुरुङ, विशिष्ट अतिथिद्वय सम्झना भण्डारी र निर्मला पाण्डेयले शुभकामना सहित महिला अधिकार र सशक्तिकरण बारे आफ्नो विचार व्यक्त गर्नु भएको थियो I
संस्था अध्यक्षले संस्थाको समग्र विषयवस्तु बारे बताउदै महिला दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो I प्रमुख अतिथि ज्ञवालीले संस्थाले धन पनि मन पनि भन्ने नारा अघि सारेर अघि बढेको संस्थाले महिलाको हितमा, सम्मान र सशक्तिकरण गर्ने सन्दर्भमा अग्रज पुस्ता सहित शैक्षिक क्षेत्र र उद्धम क्षेत्रमा सफलता प्राप्त गर्नु हुने महिलालाइ प्रोत्साहन गर्ने गरेकोले अवस्य पनि हामि महिला वर्गको लागि स्वागत योग्य कार्य हो I
सहकारीमा आवद्ध महिलाले आयआर्जन र बचतलाइ संगै जोडेर अघि बढ्नु पर्ने बताउनु भयो I महिलाहरुलाई प्रविधिमा पहुँच बनाउन स्वयम् महिला नै अघि बढ्नु पर्ने बताउदै महिला दिवसको शुभकामना व्यक्त गर्नु भयो I २८८ जना सहभागी भएको उक्त कार्यक्रमको संचालन महिला उपसमिति सदस्य रेखा गौतम र स्वागत मन्तव्य ऋण उपसमिति सदस्य चन्द्रावती रायमाझीको रहेको थियो I