भैरहवा पौष ६/
बजाज डिस्कभर माईलेज च्याम्पियन कन्टेस्ट लुम्बिनीको पर्सामा सम्पन्न भएको छ । लुम्बिनी स्थित विघुत प्रधिकरणको मैदानमा भएको बजाज डिस्कभर १२५ सि सि माईलेज च्याम्पियन कन्टेस्टमा बजाजका निर्देशक हरि बहादुर थापाको अध्यक्षता तथा रुपन्देहीको छेत्र नंं ५ ख का चन्द्र केश गुप्ता को प्रमुख अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल हिन्दु परिषद् सदस्य ओमकार पाण्डे, बौद्ध विश्व विद्यालय को डिन माणिक्य तात्न शाक्य लगायतले बोल्दै बजाज मोटरसाईकलले उपभोक्ताको मन जित्न सफल रहेको बताए ।

पेट्रोलियम पदार्थको मुल्य बुद्धिको अवस्थामा माइलेज दिने मोटरसाइकल नै ग्राहकको रोजाइ रहेकोले डिस्कभर १२५ सि सि मोटरसाइकल कति माइलेज दिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमको योजना गरिएको कृष्णप्रसाद खरेलले जानकारी दिए । कार्यक्रममा ६३ जना मोटरसाइकल चालकहरुले सहभागीता जनाएका थिए । मोटरसाइकलमा ५० एम एल पेट्रोल भरेर जस्ले बढि किलोमिटर चलाएर देखाउछन् त्यस्ता चालकलाई बजाज डिस्कभर माइलेज कन्टेस्टमा प्रथम दोस्रो र तेस्रो हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।

बजाज डिस्कभर माइलेज च्यामपियन कन्टेस्ट मा ८४ किलोमिटर सम्म माइलेज कटएका राघबेन्द्र प्रताप तिवारी प्रथम भएका थिए । त्यसैगरी ८२ किलोमिटर माइलेज सम्मा कटाउन सफलभएका दुई जना धुनिराज खनाल र रामजान अलि मुसलमान दुबैजनालाई गोला प्रथा बाट दोस्रो धुनिराज खनाल र तेस्रो रामजान अलि मुसलमान लाई पुरस्कृत गरिएको थियो ।