Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सबै मिलेर सिमा क्षेत्रमा रहेका समस्या समाधान गरौ


  • लुम्बिनी चिन्तन
  • पौष १, २०७९ शुक्रवार
  • 306
    SHARES

सबै मिलेर सिमा क्षेत्रमा रहेका समस्या समाधान गरौ


भैरहवा पौष १/
सीमा नाका व्यवस्थित गर्न सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

एक–अर्कालाई दोषारोपण गर्नु भन्दा सबै मिलेर अगाडि बढनुपर्ने उनीहरुको भनाइ छ । भैरहवामा सञ्चालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) अन्तर्गत शुक्रबार मेला सचिवालयमा आयोजित खुल्ला बोर्डर अवसर र चुनौती विषयक कार्यक्रममा वक्ताहरुले सीमा नाकालाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

महोत्सवको आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले उद्योगी–व्यवसायीले कर, बैंक ब्याज तिर्दा पनि विभिन्न हैरानी व्यहोर्नुपरेको बताए । प्रदेश सभा सदस्य पाण्डेयले उद्योगी व्यवसायीको समस्या समाधानका लागि प्रदेश सभाको माध्यमबाट केन्द्र सरकारसम्म पुर्याउने बताए ।  

भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृत सीमा नाका व्यवस्थित गर्न विभिन्न निकायका आ–आफ्नै जिम्मेवारी रहेको बताए । उनले जनचेतनाको कमीका कारण नेपालमै सस्तो पाइने सामान पनि भारतमा किन्ने प्रचलन भएका कारण सचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले सबै करदाताको निगरानी गर्न सकिने भएकाले कसैले गल्ती गरेको थाहा पाए जानकारी दिन आग्रह गरे । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण, हे.क्वा. भैरहवा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बोर्डरलाई दुषित बनाउन नहुने बताए । उनले सशस्त्र प्रहरीसँगै सीमामा बस्ने नागरिकले सीमाको सुरक्षा गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बेद बहादुर पौडेलले राज्यको नीति कार्यान्वयन गर्नु प्रहरीको दायित्व भएको बताए । क्वारेन्टाइन कार्यालय बेलहियाका बाली संरक्षण अधिकृत हरि खनालले फूलको आयातमा सरकारले कडाइ गरेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक पौडेलले खुल्ला सीमाका कारण अवैध व्यापार भइरहेको बताए । ‘

हामी अवैध व्यापार चाहँदैनौं सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले भने,। ’उनले व्यापारमा कमी भएका कारण राजस्व संकलनमा समेत कमी आएको बताए । उनले यस क्षेत्रका कयौं उद्योग बन्द भएको जानकारी दिए । अध्यक्ष न्यौपानेले आर्थिक मन्दीका बाबजुद महोत्सव सञ्चालन गरिएको बताए । संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने बताए ।

उनले चेकजाँचमा कडाइ गर्नुपर्ने बताए । संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले खुल्ला बोर्डरले अवसर र चुनौती दुवै भएको बताए । संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले खुल्ला सीमाका कारण चोरी तस्करी बढेको बताए । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले नाकाबन्दीमा अन्य नाका बन्द हुँदा बेलहिया नाका भने सञ्चालन भएको बताए ।

नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले सबैको सहकार्य आवश्यक रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको स्वागत तथा संघका कार्यसमिति सदस्य एवं आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ का प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार