Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा भैरहवामा सेवा केन्द्र बिस्तार


  • लुम्बिनी चिन्तन
  • मंसिर २७, २०७९ मंगलवार
  • 960
    SHARES

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा भैरहवामा सेवा केन्द्र बिस्तार

भैरहवा मंसिर २७/
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र भैरहवामा समेत बिस्तार गरेको छ । 
मंगलबार एक कार्यक्रमका बिच सिद्धार्थ नगर नगर प्रमुखले कुमारी बैंकको पछाडि रहेको उक्त सेवा केन्द्रको उदघाटन गरेका छन । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित कटैयामा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवा सेवा केन्द्रको शुभारम्भ गरेको हो । 

IMG_8707.JPG
सो अवसरमा बोल्ने वक्ताहरुले अहिले सहकारीको लागि विषम परिस्थिति आएकोले सावधानी अपनाउदै लगानी गर्न अनुरोध गरे । ब्यवहारिक रुपमा गरिने कारोबार जस्तै सहकारीमा कारोबार गर्दा पनि आफुले राम्ररी चिनेको सहकारीमा मात्र गर्नु पर्ने वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै पुर्व सहकारी निरिक्षक चन्द्रकान्त भट्टराइले केही ब्याजको लोभमा आफ्नो लगानी नगर्न अनुरोध गरे । विशेष गरि अरु जिल्लाबाट आएका सहकारीहरुलाइ विश्वास गरि लगानी गरेकाहरुको लगानी फसेको बताए ।
प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख इश्तियाक अहमद खानले गलत गर्ने सहकारीलाइ कार्यवाही गर्ने बताए । सर्वसाधारण र साना ब्यवसायीहरुले जम्मा गरेको बचतलाइ कुनै पनि सहकारीलाई हिनामिना गर्न नदिने उनको भनाइ छ । 
यस्तै राम्रो काम गर्ने सहकारीलाइ प्रोत्साहन गर्ने समेत उनको भनाइ थियो । पहिलेको टुगा सहकारी, आस्थाश्री सहकारी र देउनारी विकास सहकारी मर्ज भएर बनेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था बनेको हो ।

IMG_8697.JPG
सहकारीमा सद्स्यहरुका लागि ५ लाखको दुर्घटना बीमा सुबिधा, ऋण बीमा, निशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नव दम्पती स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान,बाल बचतकर्ता सम्मान लगायतको सुविधा रहेको संस्थाका अध्यक्ष डीबी थापाले बताए । संस्थामा ६ हजार १ सय ३५ जना सदस्य एवम ७४ करोड पुजि रहेको थापाले बताए ।
बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईले आफूले नजिकबाट टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लाई चिनेको बताए । उनले ब्याजको लोभमा नपरी सहकारीलाई राम्रोसँग बुझेर मात्र कारोबार गर्न आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले जनसंख्याको अनुपातमा धेरै सहकारीहरु रहेको बताए । उनले बचत संकलन र ऋण लगानीमा मात्र केन्द्रीत नभइ सहकारीले उत्पादन, उत्पादकत्व, बजार, रोजगारी सिर्जनामा पनि ध्यान दिनुपर्ने बताए ।

IMG_8658.JPG
संस्थाका अध्यक्ष डीबी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी,  पत्रकार मनोरन्जन शर्मा लगायतले आ आप्नौ भनाई राख्नु भएको थियो । कार्यक्रम संस्थाका सदस्य गोकुल पोखरेलको सन्चालन एवम उपाध्यक्ष परसुराम बास्तोलाको स्वागतमा सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार