Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भैरहवामा संचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पूरा (फोटो फिचर)


  • लुम्बिनी चिन्तन
  • मंसिर २२, २०७९ बिहिवार
  • 822
    SHARES

भैरहवामा संचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पूरा (फोटो फिचर)


भैरहवा मंसिर २२
सिद्धार्थनगर उधोग बाणिज्य संघको आयोजनामा सुक्रवार देखी भैरहवामा हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी पूरा भएको छ । 
महोत्सवको गृहमन्त्री बालकृष्ण खांणले उद्धघाटन गर्नु हुने आयोजकले जानकारी दिएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भएको र भव्यरुपमा उद्घाटन गरिने महोत्सव प्रचार प्रसार समिती संयोजक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए । 
संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले कोरोना महामारीले सिथिल बनेको अवस्थामा महोत्सवले केही न केही बजारलाई चलायमान बनाउने बताएका छन् ।

bb.jpg‘मेला भर्न आउने दर्शक धेरथोर सामान खरिद गर्नुहुन्छ, यसले बजारमा पैसा आउँछ’, मेला मूल आयोजक समिति संयोजक समेत रहेका न्यौपानेले भने, ‘मेलामा करिब ३ लाख दर्शकले अवलोकन गर्ने भएकाले बजारलाई गुल्जार बनाउन टेवा पुग्ने विश्वास हाम्रो छ ।’ मंसिर २३ गते शुक्रबारदेखि महोत्सव सुरु हुनेछ । 

ee.jpg
कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रद्र्धन गर्ने उद्देश्यले संघले महोत्सव गर्न लागेको हो । मेलामा कृषि, खाद्यान्न, लत्ताकपडा, घरेलु तथा साना उद्योगको उत्पादन, पर्यटन, अटोमोबाइल्ससँग सम्बन्धित स्टलहरु रहनेछन् । यस्तै, भ्वाइस अफ भैरहवा, कुस्ती, ब्याडमिन्टन, दुनाटपरी र बत्ती काट्ने प्रतिस्पर्धा हुँदैछ । यसका साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुतीका साथै बालउद्यान पनि रहने संघका महासचिव विजय पाण्डेले जानकारी दिए । 

cc.jpg
अहिले मंच निर्माण, सचिवालय, प्रवेशद्वार, स्टल निर्माण लगायतका काम सकिएको र केही बाँकी काम उद्घाटन पहिले नै सम्पन्न गरिने बताए । २ सय ५० स्टल रहने महोत्सवमा अपेक्षा भन्दा बढी स्टल दर्ता भएको पाण्डेले दावी गरे । भैरहवास्थित अंचलपुरमा पुस ४ गतेसम्म संचालन हुने महोत्सवमा जेष्ठ नागरिक तथा अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।dd.jpg

यस्तै, १ सय ५० रुपैयाँमा पाँच जनासम्मलाई मेलास्थल प्रवेशका लागि पारिवारिक टिकटको पनि व्यवस्था गरिएको संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । उद्धघाटनका दिन भैरहवाको देवकोटाचोकबाट र्याली निकालेर मेलास्थल पुग्ने आयोजकको भनाई छ । र्यालीमा उत्कृष्टलाई पुरस्कृतसमेत गरिने संघका सदस्य तथा प्रचार–प्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

ff.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार