Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


  • लुम्बिनी चिन्तन
  • चैत्र ४, २०७७ बुधवार
  • 1.6K
    SHARES

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बढाएको हो । 

निगमका अनुसार मूल्य बढेसँगै पेट्रोलको मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। यस्तै, हवाई ईन्धनको पनि मूल्य बढेको छ । साविकको मूल्यमा २ रुपैयाँ बृद्धिसँगै हवाई ईन्धनको मूल्य प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

यसअघि निगमले फागुन १७ गते, ४ गते तथा माघ ६ र २८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।


लुम्बिनी चिन्तन

थप समाचार