भैरहवा कातिक २५/
ओम ईलेकट्रिक्स प्रालि सिद्धार्थनगरले राईड फर पिस भन्ने नाराका साथ लुम्बिनी देखी मुस्ताड. सम्मको बिधुतिय मोटरसाईकलको टेस्ट राईड सुरु गरेको छ ।
ओ एच एम अटोमेटिक प्रालि हैदरावाद द्धारा उत्पादित ओडिसि ब्राण्डका स्कुटर र वाईकको आधिकारी बिक्रेता ओम ईलेकट्रिक्स प्रालिले नेपालको तराई देखी हिमाली क्षेत्र सम्म बिधुतिय बाईकको संम्भावनालाई अध्ययन गर्न लुम्बिनी देखी मुस्ताड. सम्मको यात्रा सुरु गरेको ओम ईलेकट्रिक्स प्रालिका प्रबन्ध निर्देशक राम पन्थीले जानकारी दिए ।
नौ वटा मोडलमा बजारमा उपलब्ध रहेको मोटरसाईकल तथा स्कुटरहरु एक लाख ९५ हजार देखी ४ लाख ३५ हजार मुल्य सम्मका रहेका छन् । नेपाल भरका लागी आधिकारीक बिक्रेता रहेको ओमले छिट्र्ै देश भर शाखा संचालन गर्ने जनाएको छ ।
कोटरसाईकलमा ३ हजार वाटको मोटर , ६० एम्पियरको बेट्रि जडान गरिएको कम्पनीले जनाएको छ । तराईका जिल्लमा एक पटक फुल चार्ज गरेपछि एक सय ५० किलोमिटर माईलेज दिने मोटरसाईकलले पहाडी क्षेत्र र हिमाली क्षेत्रमा कती माईलेज दिन सक्दछ भनेर पनि यो राईड बाट जानकारी लिन सकिने प्रबन्ध निर्देशक पन्थीले जानकारी दिए ।
सुक्रबार सोरुपमा एक कार्यक्रमका बिच राईडरहरुलाई श्री श्याम मोर्डन दाल मिलका संचालक संन्दीप कुमार अग्रवाल , ओ एच एम कम्पनी हैदरवादका प्रतिनीधी अभिशेक बेलिवाल कम्पनीका प्रबन्ध निर्देशक रामु पन्थीले खादा लगाएर बिदाई गरेका थिए । उनिहरु मुस्ताड. पुगेर ७ दिनमा फर्किने कार्यक्रम छ ।