भैरहवा कातिक २२/
भैरहवा भन्सार कार्यालय रुपन्देहीले कपिलबस्तु जिल्ला बाट २ करोड बढीको भन्सार छलेका समानहरु बरामद गरेको छ ।
आप्नौ कार्यक्षेत्र भन्दा बाहीर भन्सार छली गरेको समान भन्सार बिभाग संगको समन्वयमा बरामद गरि भैरहवा भन्सार कार्यालय ल्याईएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिनु भयो ।
मंगलबार बिहान ४ बजे गोप्य सुचनाको आधारमा कपिलबस्तुको चाकर चौराह मायादेबी ८ पकुर्ल भन्ने स्थान बाट पांच वटा पिकअप बाट तस्करी हुदै छ भन्ने सुचनाको आधारमा जांदा बुटवल बाट एक वटा पिकअप नियन्त्रणमा लिएको बताए ।
सुचनालाई पक्ष्याउदै जांदा कार्यक्षेत्र भन्दा पनि बाहीर पुग्नु पर्ने अवस्थामा भन्सार बिभाग संग समन्वय गरेर पुगेका थियौ पौडेलले भने । त्यसपछि अर्को गाडी खोज्ने क्रममा कपिलबस्तुको पकडीमा नियन्त्रणमा लिएको र बांकी ३ वटा तितर बितर भएका थिए । त्यसपछि ति समानहरु ल्याउने मुख्य गोदाम चाकर चौराहमा छ भन्ने अर्को सुचनाका आधारमा गोदाममा पुग्दा खुल्ला रुपमा राखेको समानहरु बरामद गरेको बताए ।
२ वटा ट्र्रक भाडामा खोजेर समान भन्सार कार्यालय ल्याएको भन्सार अधिकृत पौडेलले बताए । बरामद सामनहरुमा लत्ता कपडा, जुता तप्पल , खैनी सुर्ति , खेलौना , अबिर , प्याकीड. समानहरु रहेका छन् । ति समानहरुलाई प्रकृयागत रुपमा कार्बाही प्रकृया अगाडी बढाउने उनले बताए ।

यस अगाडी पनि हामीले रुपन्द्येहीको सैनामैना बाट पिकअपमा समान ओसार पसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएका थियो यो चांही अहिले सम्मकै ठुलो परिणामको रहेको उनले बताए । हामी पुग्दा घर भित्र ६ वटा कोठामा र बाहीर हाटबजार जस्तो खुल्ला थियो त्यसपछि सुरक्षा निकाय संग समन्वय गरि समान ल्याएको हौ पौडेलले भने । भन्सारका एक कर्मचारीका अनुसार बरामद भएका समान शसस्त्र प्रहरी बेस बाट २ सय मिटरको दुरीमा छ ।