भैरहवा कात्तिक १७,
हिमालयन एयलाईन्सले गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमान स्थल बाट चार्टर उडान सुरु गरेको छ ।
काठमाण्डौको ट्राभर्ल एजेन्सिले गरेको चार्टर बुकीड. भैरहवाको गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल बाट बिहिबार दिउसो उडान गरेको हो ।
नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सलाई भैरहवाको गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमान स्थल बाट उडान गर्नु पर्ने बाध्यात्मक अवस्था श्रृजना भए पछि हिमालयन एयरलाईन्सले बिहिबार पहिलो चार्टर बिमान उडाएको हो ।
त्रिभुवन अन्तराष्ट्र्रिय बिमान स्थल बाट उडाउने भए पनि एयरलाईन्सले काठमाण्डौ बाट यात्रुहरुलाई चार वटा गाडी मार्फत भैरहवा ल्याएर एयरलाईन्सले भैरहवा क्वालालाम्पुर चार्टर उडान गरेको हो ।


