भैरहवा कात्तिक ४/
रुपन्देहीका बिभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले बैंक तथा बित्तीय संस्थाहरुले अत्यधिक मात्रामा व्याज बृद्धि गरेको बिरोधमा भैरहवामा सुक्रवार बिरोध प्रदर्शन गरेका छन् ।
साथै उनिहरुले नेपाल राष्ट्र्र बैक सिद्धार्थनगर शाखा मार्फत नेपाल राष्ट्र्र बैकका गर्भरनरलाई ज्ञापन पत्र बुझाएका छन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत अर्थ मन्त्रालयमा पनि ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लामा रहेका क्रियाशील व्यवसायिक संघसंस्थाहरुको संजालले भैरहवाको बुद्ध चोकबाट बिरोध र्याली सहित नारायण स्थान, प्रहरी टोल, मिलन चोक, बैंकरोड हुँदै देवकोटा चोकमा पुगी राष्ट्र्र बैकमा ज्ञापन पत्र बुझाएको थियो । त्यस पछि ब्यावसायिहरुको र्याली बैकरोड , नारायणपथ, हुदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

ज्ञापनपत्रमा तत्काल व्याजदर घटाएर एक अंकमा झार्नु पर्ने माग गरेका छन् । बिगत तीन वर्षदेखिको कोभिड–१९ को प्रभावबाट उम्किन नपाउँदै बैंक तथा बित्तीय संस्थाहरुले अत्यधिक चर्को व्याजदर कायम गर्दा उद्योग–व्यवसायी मारमा परेको संजालका संयोजक माधव प्रसाद पौडेलले जानकारी दिए ।
बैंक तथा बित्तीय संस्थाहरुले पुँजी तरलताको अभाव भन्दै कर्जा प्रवाहमा कडाइ गर्ने र अर्कातर्फ व्याजदर चर्को गरउँदा उद्योग–व्यवसाय धरासायी बन्दै गएको पौडेलको भनाई थियो ।

कोभिड प्रभावबाट उद्योग व्यवसायलाई बचाउनका निम्ति सरल कर्जा प्रबाह र सहुलियत व्याजदर कायम गरिनु पर्ने भनेर व्यवसायीले बारम्बार माग गरिरहँदा पनि बेवास्ता गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
