भैरहवा असोज १३ /
लुम्बिनीमा थन्कीएका विद्युतीय बस आज देखी सचांलनमा आउने भएका छन् । बिहिवार बिहान एक कार्यक्रमका बिच बसहरु संचालनमा आउने लुम्बिनी बिकास कोषका कोषध्यक्ष सिद्धिचरण भट्र्रराईले जानकारी दिनु भयो ।
पर्यटकको सुविधाका लागी एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तिनबर्ष देखी थन्कीरहेका थिए ।
बिश्व पर्यटन दिवसको अवसरमा मंगलबार भैरहवा आयोजित कार्यक्रममा अविलम्ब सचांलनमा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिनुु भएको थियो । निर्देशन लगत्तै बुधवार रुपन्देहीका प्रमुख जिल्ला अधीकारी भरतमणी पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी बिकास कोष, स्थानीय पालीका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन ब्यबसायीका सघंसस्थाको बैठकले बिहीबार देखीनै तत्काललाई पाँचबटा बस सचांलनमा ल्याउने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधीकारी पाण्डेले गृहमन्त्रीको पहलमा पाँचबटा बसहरु बिभीन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपालप्रहरी र शसस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुुभयो ।
ति बसमा यात्रागर्ने आन्तरीक तथा बाह्यपर्यटकहरु सगं शुल्क नलीने र अन्य आवश्यक सहयोग र समन्वय पर्यटन तथा उद्योगी ब्यबसायीहरु सगं पनि गरीने छ । थन्कीएका बसहरु निशुुल्क रुपमा सचांलनमा आएसगैं चाडपर्वका बेला आन्तरीक तथा बाह्यपर्यटकलाई टेवा पुुग्ने विश्वास लिईएको उहाँले बताउनुु भयो ।
तत्काललाई बेलहीया, गौतमबुद्ध बिमानस्थलहुदै लुम्बिनी, रामग्राम देखी बेलहीया हुदै लुम्बिनी, बुटवलबाट भैरहवा हुदै लुम्बिनी, लुम्बिनी हुदै तिलौराकोट सम्म बस सचांलन हुने लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिनुुभयो ।
कोषले सवै विद्युतीय बस तथाभ्यानहरु यही असोज १५ गते देखी परिक्षण सचांलनमा पनि ल्याउने भएको छ ।
मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेशन र गाडिहरुको मेशिनरी परिक्षण स्वरुप अफिसियल यान्त्रिक परिक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुुभयो ।
१२ करोडका ५ बस र १४ भ्यान (ट्याक्सी) एडिबीले तिनबर्ष अघी दिएको थियो । अहीले सवै गाडी कोष परिसरको विद्युतीय बस पार्कमा थन्किएका छन । गाडी चार्ज गर्न लुम्बिनीमै दुुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसन बनाईए पनि बस सचांलन नहुँदा अनुदानकै १४ करोडमा निर्माण गरिएको उक्त प्लाण्टबाट ५४ लाखमूल्यको विद्युत समेत खेर गइरहेको छ ।
गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदा स्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कमगर्न पनि विद्युतीय गाडी अनुदान दिएको थियो ।