भैरहवा असोज ११,/
४३ औं विश्व पर्यटन दिवस गौतमबुुद्धको जन्मभूूमि लुम्बिनीमा पर्यटकहरुलाई स्वागत गरि मनाईएको छ ।
लुम्बिनी विकास कोष सहित लुम्बिनी होटल संघ नेपाल , लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाईएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताउनु भयो ।
सो अवसरमा स्पेन, भियतनाम, होल्याण्ड, भारतबाट आएका बाह्य पर्यटकहरुलाई लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुुलपती ह«दयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले खादा लगाएर लुम्बिनीमा स्वागत गर्नु भएको थियो ।
शान्ति दीपमा एक कार्यक्रममा बिचस्वागत गर्दै पर्यटकहरुलाई स्थानीय साँस्कृतिक झाकी सहित मायादेवी मन्दिरसम्म पुराईएको थियो ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुुलपती बज्राचार्यले लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएको बताउँदै यसको प्रचार प्रसारमा सबै लाग्नुपर्ने बताउनु भयो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटकहरु निर्धक्कसँग भ्रमण गर्ने वातावरण बनाएको बताउनु भयो ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लामो समयसम्म कोभिड महामारीका कारण पर्यटक भित्र्याउन नसकेको बताउँदै विस्तारै माहोल बढ्दै गएको बताउनु भयो । लुम्बिनी भ्रमणमा पुुगेका अन्य पर्यटकहरुलाई सदस्य सचिव शाक्य सहित योजना प्रमुख सरोज भट्टराई,बरिष्ठ प्रशासक ज्ञानीन राई, सूूचना अधिकारी राजन बस्नेतले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी होटल संघका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, महासचिव पुुरुषोत्तम अर्याल लगायतले बोल्दै पर्यटन दिवसको शूूभकामना दिनु भएको थियो ।