Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा दशैं सस्तो बजार सुरु


  • लुम्बिनी चिन्तन
  • आश्विन ११, २०७९ मंगलवार
  • 466
    SHARES

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा दशैं सस्तो बजार सुरु


भैरहवा असोज ११/
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मंगलबारदेखि दशैं सस्तो बजार–२०७९ सुरु गरेको छ । ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको सभाहलमा सुरु भएको बजार असोज १४ गतेसम्म सञ्चालन हुने छ ।
दशैं सस्तो बजारको एक कार्यक्रमकाबीच गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गदै उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भिर रहेको बताउनु भयो । उहाले स्वदेशी बजार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित दशैं सस्तो बजारले स्वदेशी पैसा स्वदेशमै खर्च गर्ने बानीको विकास हुने विश्वास व्यक्त गर्नु भयो । 
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले नगरको विकासका लागि नगरपालिका प्रतिवद्ध भएको बताउनु भयो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले स्वदेशी बजार प्रवद्र्धन गर्ने उद्देश्यले दशैं सस्तो बजार सञ्चालन गरिएको बताउनु भयो । आगामी मंसिर २३ देखि पुस ४ गतेसम्म संघले भैरहवामा लुम्बिनी महोत्सव (औद्योगिक व्यापार मेला) को आयोजना गर्न लागेको उहाले जानकारी दिनु भयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यता, संघका कार्यसमिति सदस्य एवं वस्तुगत सेवा प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक अर्जुन कार्कीको स्वागत, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बजारमा २७ वटा स्टल रहेको संघका कार्यसमिति सदस्य अर्जुन कार्कीले जानकारी दिनु भयो । बिहान १० बजेदेखि राती ८ बजेसम्म बजार सञ्चालन हुने उहाले बताउनु भयो । बजारमा स्थानीय भैरहवा क्षेत्रबाट करिब २ हजार ५ सय जना उपभोक्ता तथा अवलोकनकर्ताहरुको आवागमन हुने र ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।


लुम्बिनी चिन्तन

थप समाचार