Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

टुगा आस्था बिकास साकोसको साधारणसभा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आश्विन ८, २०७९ शनिवार
  • 628
    SHARES

टुगा आस्था बिकास साकोसको साधारणसभा सम्पन्न


भैरहवा असो ८
टुगा आस्था बिकास साकोसको एकीकरण पछीको चौथो वार्षिक साधारण सभा मूल समारोह सस्था अध्यक्ष डी।बि।थापाको अध्यक्षता, नेफ्स्कून वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सस्थाको केन्द्रीय कार्यालयको प्रांगणमा सम्पन्न भएको छ ।

sahakari photo.jpg
छ वटा एकाइ भेलाबाट चुनिएका प्रतिनिधि सदस्यहरुको भव्य उपस्थितिमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि ढकालले छाता संगठन नेफ्स्कूनले डोराएको मार्गमा टुगा आस्था साकोस जस्ता सहकारीहरु देख्न बुझ्न पाउदा आफुलाई धेरै खुसि लागेको बताउदै सस्थालाइ मजबुत बनाउने भूमिका सदस्यको हुने बताउनु भयो ।
 संस्थाको वार्षिक प्रतिबेदन सरसर्ती हेर्दा वित्तीय संरचना मजबुत पाएको मन्तव्य राख्दै अहिले सहकारी अभियानको ससानो कुरालाइ ठुलो रुपमा भ्रामक प्रचार पनि भैरहेकोले आफ्नो सस्थाको सत्यतथ्य जान्नु पर्ने सदस्यको कर्तव्य रहेको बताउनु भयो ।
समारोहमा विशिष्ठ अतिथिको आसनबाट नेफ्स्कून संचालक सन्दिप सापकोटा, रुपन्देही बचत संघ अध्यक्ष प्रकाश भट्टराई तथा लुम्बिनी विशिष्टीकृत सहकारी संघ अध्यक्ष डा। खगराज शर्माबाट टुगा आस्थाले गरेको प्रगतिको चर्चा गर्दै शुभकामना प्रकट गर्नु भएको थियो ।

sahakari 2.jpg
प्रतिनिधिमूलक साधारण सभा गत भाद्र २५ गते देखि शुरुवात गरि आज समापन भएको अवसरमा १० जना उत्कृष्ट बचतकर्ता सदस्य, १० जना उत्कृष्ट ऋणी सदस्य उपहार सहित सम्मानपत्रद्वारा सम्मान र एक जना स्व सदस्यको हकवालालाइ ऋण बीमा वापतको रकम हस्तान्तरण गरिएको थियो ।

बन्दसत्रमा सहभागी सदस्यहरुले आ(आफ्नो सुझाव राख्दै कार्यसूचीमा रहेको प्रस्तावहरुलाई अनुमोदन तथा पारित गर्ने निर्णय गरेको छ ।
समारोहमा नेफ्स्कूंन बुटवल फिल्ड कार्यालय प्रमुख छत्र प्रसाद धमला, नेफ्स्कूंन भुमइ फिल्ड कार्यालय प्रमुख नेत्र प्रसाद सापकोटा, संस्था सल्लाहकार लगायत स्थानिय मिडियाकर्मीको उपस्थिति रहेको थियो ।
सभामा संचालक समिति तर्फ देखिको प्रतिबेदन प्रस्तुति अध्यक्ष डी।बि। थापा, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुति लेखा सदस्य कमला भण्डारी पाण्डेको, स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाको र कार्यक्रम संचालन लेखा सदस्य मनोज कुमार क्षेत्रीको रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार