भैरहवा असोज ५ /
टुगा आस्था बिकास साकोसको चौथो वार्षिक साधारण सभाको सबै प्रतिनिधिमूलक एकाइ बैठकहरु सम्पन्न भएको छ । बुधवार ओमसतिया–३ तर्कुलाहा स्थित सृजना आधारभूत विद्यालयको प्रांगणमा संचालित अन्तिम एकाइ बैठकलाइ कोषाध्यक्ष लालबहादुर थापाको अध्यक्षता, संस्था अध्यक्ष डी.बि. थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
साकोसको स्वीकृत विनियम तथा सहकारी बिभागको निर्देशिका बमोजिम साकोसले ६ वटा स्थानहरुमा एकाइ बैठक संचालन गरि उपस्थित सहभागी सेयर सदस्यहरुबाट ४७४ जना प्रतिनिती सदस्य, १८ जना माइन्युट प्रमाणित गर्ने सदस्य प्रतिनिधि लगायत संचालक, उपसमिति तथा टोल प्रमुखहरु पदेन प्रतिनिधिको रुपमा छनोट गरेको छ ।
बैठकमा वार्षिक प्रतिबेदन संस्था अध्यक्ष डी.बि. थापाबाट प्रस्तुत गरिएको थियो भने लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन मुख्य प्रवन्धकले प्रस्तुत गर्नु भएको थियो । बैठकमा सदस्यले उपस्थिति जनाउने, प्रतिबेदनमा उल्लेखित प्रस्ताव उपर सुझाव दिने कार्य सम्पन्न संगै बैठकले कार्यसूचीमा रहेको प्रस्ताबहरुलाई अनुमोदन गरेको छ ।
अन्तिम एकाइ बैठकले ५० जना प्रतिनिधि सदस्य र ३ जना माइन्युट प्रमाणित गर्ने प्रतिनिधि सदस्य चयन पनि गरेको छ । कार्यक्रममा उपस्थित सदस्यहरुलाई लक्की ड्र मार्फत १३ वटा उपहार स्वरूप प्रेसर कुकर प्रदान गरिएको थियो । बैठकको स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाको र कार्यक्रम संचालन संचालक सदस्य गोकुल पोखरेलको रहेको थियो ।
१७ वर्ष अघि स्थापना भएका ३ वटा साकोसहरु ३ वर्ष अघि एकीकरण भइ हाल ६ हजार २ सेयर सदस्य र ७५ करोड पुँजी बनाउन सफल भएको यस साकोसको वार्षिक साधारण सभाको मूल समारोह आगामी असोज ८ गते शनिबार केन्द्रीय कार्यालयमा सम्पन्न हुने कार्यक्रम रहेको छ ।