Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बजाजको पल्सर १२५ सीसी एनएस बीएस–६ सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • भाद्र ३१, २०७९ शुक्रवार
  • 764
    SHARES

बजाजको पल्सर १२५ सीसी एनएस बीएस–६ सार्वजनिक

 


भैरहवा भदौ ३१/
बजाजको नयाँ मोडेल बजाज पल्सर १२५ सीसी एनएस बीएस–६ को सुक्रबार देखी भैरहवामा रहेको आधिकारीक बिक्रेता बज अटोमोवाईल्स प्रालिले बिक्री सुरु गरेको छ । 
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हँसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.ले भदौ २८ गते देखी देशव्यापी रुपमा बजाज पल्सर १२५ सीसी एनएस बीएस–६ बजारमा विक्रीवितरण सुरु गरेको थियो । उक्त मोटरसाईकलको भैरहवामा रहको बज अटो मोवाईल्सले सुक्रबार देखी बिक्री सुरु गरेको बज अटो मोवाईल्स कम्पनिका संचालक गुरु प्रसाद क्षेत्रीले जानकारी दिनु भयो ।

aa.jpg
भैरहवा क्षेत्रका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता बज अटोमोबाइल्स प्रा.लि. का  सञ्चालक गुरु प्रसाद क्षेत्रीले एक कार्यक्रमका विच मोटरसाईकलको लन्चिङ गर्नु भएको हो । 
सो अवसरमा बोल्दै सञ्चालक क्षेत्रीले बजाज पल्सर १२५ सीसी एनएस बीएस–६ कम्प्युटर सेग्मेन्टमा बजारमा लिएर आएकाले पल्सर एन.एस.को चाहना राख्ने ग्राहकहरुको लागि बजाजले मोटरसाइकल इन्जिनमा हालसम्मकै नविनतम प्रविधि (बीएस–६) लिएर आएको बताउनु भयो । 

ccc.jpg
यो मोटरसाइकल स्पोर्टी लुक्स, स्टाइलिस, भिन्न ग्राफिक्स र अतिरिक्त विशेषतासहित रहेको उहाले जानकारी दिनु भयो । बजेट र माइलेजको लागि यो मोटरसाइकल अत्यन्तै प्रभावकारी हुने कम्पनीको दावि छ ।
यो मोटरसाइकल चार कलरमा उपलब्ध रहेको र हाल यसको बजार मूल्य रु. २ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको बज अटोमोबाइल्स प्रा.लि.का व्यवस्थापक बलराम आचार्यले जानकारी दिनु भयो  ।

eee.jpg


लुम्बिनी चिन्तन

थप समाचार