गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ । ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी र नेपालगञ्ज विमानस्थलमा इन्धन आपूर्ति ७ दिनदेखि रोकेका हुन् ।
ट्यांकर व्यवसायीले निगमसँग गरेको करार सम्झौता र नेपाल सरकारले ताकेको अत्यावश्यक सेवा अन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाइन्न । तर, इन्धनको आपूर्ति रोकेका ट्यांकर व्यवसायीलाई कारबाही गर्नुको साटो उल्टै निगमले भने हवाई सेवा प्रदायकलाई हवाई इन्धन दिन नसक्ने सूचना जारी गरेको छ ।
निगमको धनगढी डिपोकाअनुसार आफूहरुसँग इन्धनको मौज्दात सकिएको र थप इन्धन पनि उपलब्ध नभएपछि विमान सेवा प्रदायकलाई यस्तो सूचना जारी गर्नु परेको जनाएको छ ।
नेपालगञ्जबाट एउटा ट्यांकरमा तेल ल्याउन गरिएको प्रयास समेत व्यवसायीले रोकेको पनि डिपोले जनाएको छ । यता नेपालगञ्ज डिपोले पनि हवाई सेवा प्रदायकलाई काठमाडौंमै इन्धन भर्न सूचना जारी गरेको जनाएको छ । डिपोमा व्यवसायीहरुले १९ गतेदेखि आपूर्ति रोकेको डिपो प्रमुख शिव आचार्यले बताए । अहिलेलाई ६ दखि ७ दिनलाई पुग्ने इन्धन छ, आपूर्ति ठप्प छ,’ आचार्यले भने, ‘लखनउबाट यस क्षेत्रमा हवाई इन्धन ढुवानी हुन्थ्यो जुन अहिले रोकिएको छ ।’
ढुवानी वयवसायीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हवाई इन्धनको ढुवानी रोकेको निगमको प्रादेशिक कार्यालयले जनाएको छ । दैनिक १५ देखि २० हजार लिटर हवाई इन्धन खपत गर्ने विमानस्थलमा अहिले आपूर्ति ठप्प भएको निगमका लुम्बनी प्रदेशिक डिपो प्रमुख नवविनोद पोख्रेलले बताए ।
‘हिजोसम्म एक लाख ८५ हजार लिटर इन्धन मौज्दात थियो, यसले एक सातालाई धान्ला,’ पोख्रेलले भने, ‘ढुवानी रोकिनुमा व्यवसायीको आन्दोलन र रक्सौलबाट लखनउमा सारिएको रुटमा प्रमिट नहुनु रहेको बुझिएको छ ।’
व्यवसायीसँग पटक-पटक ढुवानी भाडा बढाउन सम्झौता गरेको आयल निगम केन्द्रीय कार्यालय भने यस विषयमा औपचारिक प्रतिक्रिया दिन मानेको छैन ।
ढु