भैरहवा भदौ १६
बज अटोमोबाइल्स कम्पनी प्रा.लि.सिद्धार्थनगरले बिहिबार देखी भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बजाज मोटरसाईकल बिक्री सुरुवात गरेको छ । बिहिवार एक कार्यक्रमका लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले उद्घघाटन गरेर शोरुमको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख मुसलमानले बज अटोमोबाइल्स प्रा.लि.ले लुम्बिनीमा शाखा शुभारम्भ गर्नु सराहनीय रहेको बताउनु भयो । शोरुम संचालन संगै लुम्बिनी क्षेत्रका बासिन्दालाई सुविधा प्रदान हुने उहाले बताउनु भयो ।
बज अटोमोबाइल्स प्रा.लि.भैरहवाका प्रबन्ध निर्देशक हरि बहादुर थापाले बुद्ध जन्मस्थल लुम्बिनीबासीलाई एकदमै नजिकबाट सेवा प्रदान गर्ने उद्देश्यले शाखा शुभारम्भ गरिएको बताउनु भयो । ‘यस क्षेत्रका बासिन्दालाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले शाखा स्थापना गरेका हौं, सेवासम्बन्धि केही गुनासो भए अवश्य भन्नुहोस् । ’थापाले भन्नु भयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले अटोमोबाइल्स क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बजाजले ग्राहकको मन जित्न सफल भएको उल्लेख गर्नु भयो ।

बज अटोमोबाइल्स प्रा.लि. भैरहवाका सञ्चालक हरि बहादुर थापाको अध्यक्षता, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख आतिथ्यता, सम्पन्न कार्यक्रममा बिशिष्ठ अतिथी गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल, अतिथिहरु नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिका सभापति मोहम्मद सईद खान लगायतको सहभागीता रहेको थियो । बजाजका संचालक गुरु प्रसाद क्षेत्रीको स्वागत तथा कृष्ण प्रसाद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
