भैरहवा बैशाख १५,
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज दिउसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने भएको छ ।
आज दिउसो ३ बजे काठमाण्डौ बाट मन्त्री सहित उच्च पदस्थ अधिकारीहरु लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परिक्षण उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताए ।
दिउसो ३ बजे काठमाण्डौ अन्तराष्ट्यि बिमान स्थलबाट उडेको जहाज ३ः४५ मा गौतमबुद्ध अन्तराष्ट्यि बिमान स्थलमा अवतरण गर्ने तालीका रहेको बिमानस्थलका महाप्रबन्धक दहालले बताए ।
बिमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले ,पर्यटन सचिव संचारकर्मी लगायत २ सय ६० जना रहने छन् । बिमानस्थलमा अवतरण पछि अवलोकन गर्ने कार्यक्रम रहेको छ । सांझ ५ः४५ मा बिमान काठमाण्डौ फकिर्ने कार्यक्रम तय भएको दाहालले बताए ।
यसअघि वैशाख १ गते नयाँ वर्षको दिन गर्ने भनिएको परिक्षण उडान रोकिएको थियो । नेपाल वायुसेवा निगमको ३३० एयरबसले परीक्षण उडान गर्ने छ। यसअघि नयाँ वर्षको पहिलो दिन उडान गर्ने भनिए पनि तयारी नपुगेका कारण उडान रोकिएको थियो । थाइल्याण्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो ।
जजिरा एयलाईन्सले जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा शिलान्यास गरिएको विमानस्थल निमार्ण सम्पन्न भएको हो ।