Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

केरा जोन सञ्चालन समन्वय समितिको गठन


  • लुम्बिनी चिन्तन
  • पौष २५, २०७८ आइतवार
  • 408
    SHARES

केरा जोन सञ्चालन  समन्वय समितिको गठन

भैरहवा पौष २५

प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजनाले पश्चिम नवलपरासीमा केरा जोन सञ्चालन समन्वय समितिको गठन गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना परियोजना कार्यान्वयन एकाई रुपन्देहीको जोन प्राविधिक एकाई नवलपरासीमा सूचिकृत भएका प्रतापपुर र सुस्ता गाउँपालिकाका कृषक समुह, सहकारी तथा नीजि उद्यमीहरु सम्मिलित केरा किसानहरूको भेलाले बेचन कोइरीलाई सर्वसम्मत रूपमा संयोजक चयन गर्दै ९ सदस्यीय समिति गठन गरेकोहो ।

जोन सञ्चालन समन्वय समितिमा ओमप्रकाश सैंथवार, विष्णुदेवी बराल, बन्हु खवाँस, जेहरी चमार, रामकिशुन कोइरी, लख्खु प्रसाद यादव, लक्ष्मण सिंह थापा र हसन्तरा खातुन सदस्य रहेका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिका क्षेत्रमा केराको खेती गर्ने किसानको संख्या बढदै जाँदा पछिल्लो समय सरकारको ध्यानाकर्षण भएको छ। पछिल्लो समयमा जोन क्षेत्रको घोषणासंगै केरा खेती व्यवसायिक खेती तथा बजारिकरणमा देखिएका समस्या सामाधानक लागि अन्य योजनाहरू समेत जोन कार्यक्रममा आएकोले यस क्षेत्रमा केरा खेती प्रति कृषकहरु आकर्षित हुन थालेका छन् ।

जोन सञ्चालन समन्वयय समिति गठन कार्यक्रमको अध्यक्षता प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रुपन्देही का प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले गर्नु भएको थियो।

गठन कार्यक्रममा प्रमुख काफ्ले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा केरा जोन स्थापना गर्नुको उद्देश्य माथि प्रकाश पार्दै केरा खेतीमा व्यवसायिकरण, यान्त्रिकरण तथा आधुनिकीकरणगरी यस जोन क्षेत्रमा उत्पादित केरा छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्पर्धी बनाउन जोन कार्यक्रमले कृषकहरुलाई सहयोग पुग्ने जानकारी दिनु भयो।

सो कार्यक्रम प्रतापुर गाँउपालिका वडा नं ८ तथा सुस्ता गाँउपालिका वडा नं ५ का वडाध्यक्ष समेतको उपस्थिति रहेको थियो।


लुम्बिनी चिन्तन

थप समाचार