भैरहवा । प्रहरी नायब महानिरीक्षक शैलेश थापाले सबै प्रहरीलाई विनम्र हुन आग्रह गरेका छन । प्रहरीको सबै भन्दा बढि गुनासो व्यवहारमा आउने हुदा विनम्रतालाई कमजोरीको रुपमा नलिई सबै प्रहरीलाई विनम्र हुन आग्रह गरे ।
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको भवन समुद्घाटन तथा हस्ताण्तरण कार्यक्रममा बोल्दै आइजीपी थापाले विनम्रता भनेको कमजोरी होइन, महिला प्रतिबिम्बको रुपमा रहेको मदर टेरेसा र महात्मा गान्धीको उदाहरण दिदै उहाहरुजस्तै विनम्र भएर असल काम गरेर कमजोर नहुन स्पष्ट निर्देशन दिए ।
उद्यमी व्यवसायीको सक्रियता एवं जनसहभागितामा निर्मित भवन सौजन्य सद्भावपूर्वक नयाँ र आधुुनिक पाएकोले, यो भवनबाट दिनु पर्ने सेवा पनि आधुनिक र नया हुनुपर्ने बताए । प्रहरीले दिने सेवा आधुनिक र नयाँ हुनु पर्छ । शान्ति सुरक्षा भनेको संयुक्त अधिकार र दायित्वको कुरा हा, पर्यटन नगरी बुद्धभुमि जस्तो ठाउमा सडकमा धेरै पुलिस देखिनु भनेको राम्रो होइन, यहा सबै सादा पोशाकका पुलिस हो, सुरक्षाको पहरेदारी गर्नुहुन्छ भने त्यही नै सबै भन्दा राम्रो सुरक्षा व्यवस्था हो ।
फरक प्रसंगमा बोल्दै आइजीपी थापाले भवनमा सहयोग गर्नेले कसैले गरेको सहयोग गलत कर्मको निम्ति छुटकारा हुने भर्पाई नबनोस भन्दै अनुरोध गरे । आजको पुस्ताले ट्राफिक नियम पालना गरेको छ, आगामी पुस्तालाई भन्दैनभनि ट्रफिक नियम पालना गर्नुपर्छ भन्ने अपेक्षा राखे ।
कुनै आपत विपतमा तेस्रो प्राथमिकतामा रहेको प्रहरी पहिलो प्राथमिकतामा पर्ने गरेका छन । मानिसले यस्तो अवस्थामा पहिला भगवान, त्यसपछि आमाबुवा परिवार सम्झे पनि त्यसपछि सम्झिने भनेकै प्रहरी हो यस्मा प्रहरी मायुस हुनु हुदैन ।
पुलिस पेशा सबैले पत्याएको पेशा हो, झण्डै ३ वर्षमा हामीलाई ५ सय २० रोपनी जग्गा प्राप्त गरेका छौ, नेपाल प्रहरी भन्दा अन्य कुनै निकायले यो लेबलको आम जनसमुदायबाट सहयोग पाएको स्थिती नै छैन यो मानेमा पुलिस पत्याएको पेशा हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र धानुकले भवन निर्माण कार्यमा मन वचन र कर्मबाट परिणाममुखी योगदान पु¥याई सहयोग गर्नेलाई सबैलाई धन्याबाद दिए । कानुन कार्यान्वयन गर्न प्रहरी लागेको छ, निर्माण भएको भौतिक संरचनामा अपनत्वको भावना जागृत गर्न समुदाय र प्रहरीबीचको सम्बन्ध प्रगाढ राख्दै प्रहरी कर्मचारीलाई राज्य प्रति जवाफदेही बनाउन अपरिहार्य रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गोलिगढ स्थित २ कठ्ठा जग्गामा ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भई भवन निर्माण समितिले आज हस्तान्तरण गरेको हो । प्रहरी निरिक्षक वेद पौडेलको कार्यकालमामा शिलान्यास भएको भवनको कोरोना माहमारीले केही समय रोकिएको थियो । तत्कालीन जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक महेश बस्नेत, प्रमुख प्रहरी निरीक्षक दिवस जिसी र भवन निर्माण समितीको सक्रियतामा ट्राफिक प्रहरीको आधुनिक भवन निर्माण सम्पन्न भएको छ।एक करोड ५२ लाख बढि लागतमा निर्माण भएको भवन भवन निर्माण समितिका संयोजक कृष्ण प्रसाद शर्माले हस्तान्तरण गरेका हुन । सो अवसरमा सहयोगीहरुलाई जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले सम्मान गरेको छ ।
विजय पाण्डेको संचालनमा भएको कार्यक्रममा उद्घाटन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, पश्चिमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी, समाजसेवी ओमकार गौचन लगायतले शुभकामना मनतव्य राखेका थिए ।