Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मध्यपूर्वबाट हुने पेट्रोलियम पदार्थ आयातमा कटौती


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०७८ शनिवार
  • 1.7K
    SHARES

मध्यपूर्वबाट हुने पेट्रोलियम पदार्थ आयातमा कटौती

काठमाण्डौ । भारतले मध्यपूर्वबाट हुने प्रशोधन नभएको पेट्रोलियम पदार्थको आयातमा ठूलो मात्रामा कटौती गरेको छ । विश्वकै तेस्रो ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता भारतले आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै आयातमा कटौती गरेको हो ।

मध्यपूर्व देशहरुबाट भारतमा हुने पेट्रोलियम पदार्थको निर्यात गएको २५ महिना यताकै कम भएको छ । सन् २०१९ अप्रिलमा भारतमा भएको पेट्रोलियम पदार्थ आयातको ६७ दशमलब ९ प्रतिशत मध्यपूर्वका देशबाट भएको थियो । तर गएको महिना कुल आयातको ५२ दशमलव सात प्रतिशतमा झरेको छ ।

 

भारतले आफ्नो दोस्रो ठूलो तेल आपूर्तिकर्ता साउदी अरबबाट गएको वर्षभन्दा यो वर्ष एक चौथाइ कम पेट्रोलियम पदार्थ आयात गरेको छ । भारतमा पेट्रोलियम पदार्थ आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई अहिले सातौँ स्थानमा पुगेको छ । पछिल्लो समय भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय देशहरुबाट पेट्रोलियम पदार्थको आयात बढाएका छन् ।

पेट्रोलियम पदार्थ आपूर्तिलाई सहज बनाउन भारतले गरेको आग्रहलाई मध्यपूर्वका देशहरुले बेवास्ता गरेपछि भारत सरकारले कच्चा पदार्थहरु आयातको स्रोतमा विविधता ल्याउन प्रशोधनकर्ताहरुलाई निर्देशन दिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार