Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश (बजेटकाे पूर्ण पाठ)

स्वास्थ्य पहिलो प्राथमिकता, कृषि र शिक्षामा पनि उल्लेखनिय बजेट विनियोजन


  • लुम्बिनी चिन्तन
  • आषाढ १, २०७८ मंगलवार
  • 1.4K
    SHARES

४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश (बजेटकाे पूर्ण पाठ)

भैरहवा । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८–७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक बर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ बजेट घोषणा गरेका हुन् । स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिई बजेट विनियोजन गरेको बताए ।  ५० शैय्यामा स्तरोन्नती भएका सबै अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिने बताए ।  सरकारले आगामी आर्थिक बर्षदेखि प्रदेशभरका सबै सरकारी अस्पतालहरुबाट निशुल्क रक्तसञ्चार सेवा आरम्भ गर्ने भएको छ । ‘निशुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’  भन्ने नारालाई आत्मसात गर्नै निशुल्क रक्तसञ्चार सेवा सुरु गर्न पाँछ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । 

दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड, दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पतालालाई २० शैय्याको आयुर्वेद अस्पतालको रुपमा विकास गर्न दुई करोड साथै नवलपरासी पश्चिम र रुकुम पूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक करोड रुपैयाँ रुपैयाँ छुट्याइएको मन्त्री चौधरीले बताए ।

मृगौला प्रत्यारोपणका लागि संघीय सरकारले उपलब्ध गराउने बाहेक थप रु २ लाख , १६ वर्ष मुनिका क्यान्सर पिडितका लागि १ लाख थप बजेट विनियोजन भएको मन्त्री चौधरीले बताए । अस्पताल सुदृणिकरणका लागि १३ करोड, निशुल्क औषधीहरु अभाव हुन नदिन ३ करोड र उपकरणको सुनिश्चितताका लागि १९ करोड बजेट बिनियोजन गर्दै सरकारी अस्पतालमा डायलसिस सेवा विस्तारका लागि ५ करोड बजेट विनियोजन गरेको बताए । 

त्यस्तै कृर्षि तर्फ  स्थानीय तहमा कृषि जनशक्ति कम भएकोले १०९ वटा स्थानीय तहमा कृषि अधिकृत र ९ सय ८३ वडामा कृषि प्राविधिकको लागि ३३ करोड बजेट विनियोजन भएको छ जसबाट १०९२ जना प्रत्यक्ष रोजगार भई कृषि क्षेत्रमा ठूलो परिवर्तन हुने आशा रहेको मन्त्री चौधरीले बताए ।  

चैते धान, हिउदे तथा बसन्ते मकै, मसिना तथा बास्नादार धान, तोरी, मसुरो, मह, दुध र माछामा प्रतिफलमा आधारित कार्यक्रम जस्को लागि ३२ करोड ५० लाख , एक स्थानीय तह एक स्मार्ट कृषि गाँउ अभियान निरन्तरताका लागि ३५ करोड विनियोजन, न्युनतम समर्थन मुल्य कार्यान्वयन गर्न तथा बजारका अन्य उत्पादनलाई उपभोक्ता सम्म जोड्न ६ करोड, कृषि कर्मी रोजगार कार्यक्रमाका लागि ६ करोड बजेट विनियोजन, जसबाट ८ सय ९ जना कृषि कर्मीको सुनिश्चितता हुने मन्त्री चौधरीले बताए । 

वगर खेति कार्यक्रमका लागि १ करोड २० लाख बजेट जसबाट ४ सय ८० भुमिहिन किसानले रोजगार प्राप्त गर्ने, ‘म किसान प्रदेशको शान’ भन्ने नारा सहित उत्कृष्ठ कृषक कृषि उद्यामी सहकारीलाई मुख्यमन्त्री उत्कृष्ण पुरस्कारबाट पुरस्कृत गर्ने र सीप युक्त रोजगारका लागि गुण्स्तरीय तालिम लगायतको दक्षता हासिल गर्न सीप प्रतिष्ठान स्थापना गर्ने व्यवस्था मिलाउने उनले बताए । 

बुद्धकालिन र बृद्ध संस्कृतिमा आधरित काष्ठ कला, मुर्तिकला र ललितकला कलाकार उत्पादन गर्न सय युवा युवतीलाई पूर्ण छात्रवृति योजना, शिक्षामा सुधार गर्न एवं सामुदायीक बिद्यालयको भौतिक सुधार गर्न तथा गणित र बिज्ञानको नतिजा सुधार गर्न ४४ करोड ५८ लाख बिनियोजन भएको छ ।ै प्रदेशभारका बिद्यार्थीको लागि स्वस्थ खानेपानीको लागि २ करोड, सामुदायीक शिक्षा सुधार गर्न ४४ करोड ५८ लाख बिनियोजन भएको छ ।

प्रदेशमा रहेका क्याम्पसहरुमा सभाहल बनाउन ३ करोड बजेट, बाबुआमा नभएकालाई स्थानीय पालिकाको समन्वयमा आवासिय शिक्षा प्रदान गरिने भएको छ ।
चालु आवमा कार्यक्रम योजनाको रुपमा रहेको ५५० वटा योजना मध्ये २ सय वटा आयोजना सम्पन्न गर्न १ अर्ब ६७ करोड बजेट विनियोजन, सैनामैनामा सेनिटेशन पार्कको अध्ययन कार्य गर्न १ करोड र नेपाल सरकारबाट आएको सशस्र्त खानेपानी आयोजनालाई निरन्तरता दिनका लागि ८९ करोड विनियोजन भएको छ । 

१९ वटा सडक निर्माण कार्यलाई निरन्तरा दिन ६४ करोड बजेट, ११ वटा जिल्लाका २१ वटा स्थानीय तहहरुलाई नजिकको सडकसँग जोड्ने कार्यलाई निरन्तरता दिने बताए ।

असार मसान्तमा तिर्नुपर्ने सवारी कर नतिरेमा बिलम्ब शुल्क नलाग्ने, कोरोनाको महामारीको कारणले आगामी आर्थीक वर्षको ३ महिना सम्म कुनैपनि बिलम्ब शुल्क नलाग्ने भएको छ  त्यस्तै १२ वटै जिल्लामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ’एक जिल्ला एक पर्यटन गन्तव्य’ विकास गर्न ६० करोड ८० लाख बजेटको व्यवस्था भएको छ । 

बजेटकाे पूर्ण पाठ

https://drive.google.com/file/d/1bXz46Q6aaRMD5PQj5gdGcBofVvY7A9rU/view


लुम्बिनी चिन्तन

थप समाचार