Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रेशम चौधरीलगायतको सम्पूर्ण मुद्धा फिर्ता लिने (सहमति पत्रसहित)


  • लुम्बिनी चिन्तन
  • जेठ १८, २०७८ मंगलवार
  • 1.9K
    SHARES

रेशम चौधरीलगायतको सम्पूर्ण मुद्धा फिर्ता लिने (सहमति पत्रसहित)

काठमाडौं । सरकारले रेशम चौधरीलगायतका मुद्धाहरु फिर्ता लिने तयारी गरेको छ । थरूहटरथारूवान संघर्ष समितिसँग ६ बुँदे सहमतिअनुसार रेशम चौधरीलगायतका मुद्धाहरु कानूनसम्मत फिर्ता लिने तयारी गरिएको छ ।

सहमतिपत्रमा भनिएको छ, ‘थरूहटरथारूवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद घटनामा आरोपित ई। धनिराम चौधरी, रेशम चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएका सम्पूर्ण मुद्धाहरु फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्म पहल गर्ने ।’

यसैगरी थारूभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने सहमती पनि गरिएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट कानुन मन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई, भगवती चौधरी तथा थारू कल्याणकारी सभाका तर्फबाट रूकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।

आज नै जनता समाजवादी पार्टी नेपाल जसपा को अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित अन्य तीन नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो।

पार्टीबाट निष्कासन गरेसँगै यादव पक्षले उक्त विषयबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ । जसपाको यादव पक्षले दुईपटकसम्म स्पष्टीकरण सोध्दा जवाफ नआएसँगै अध्यक्ष ठाकुरसहित अन्य तीन नेतालाई पार्टीबाट हटाइएको छ । यसअघि ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिएको थियो।

तर, ठाकुर पक्ष भने सरकारले रेशम चौधरीलगायतको मुद्धा फिर्ता लिएसँगै ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा रहेको छ।


लुम्बिनी चिन्तन

थप समाचार