Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

विपक्षी गठबन्धनले भोलि रिट हाल्ने, एक सय ४९ बढि सांसद रहेको दाबी


  • लुम्बिनी चिन्तन
  • जेठ ९, २०७८ आइतवार
  • 756
    SHARES

विपक्षी गठबन्धनले भोलि रिट हाल्ने, एक सय ४९ बढि सांसद रहेको दाबी

काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरूको गठबन्धन सोमवार मात्रै सर्वोच्च अदालत जाने भएको छ । आइतवार आज रिटको मस्यौदा तयार भए पनि केही सांसदको हस्ताक्षर र कागजात जुटाउन ढिला भएकाले भोलि मात्रै सर्वोच्चमा रिट दर्ता गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

उनले संसद् विघटनको विरुद्धमा एक सय ४९ भन्दा धेरै सांसद साथ दिन तयार भएको र भोलिसम्म यो सङ्ख्या अझै थपिने बताए । सांसदहरूको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजात सङ्कलन गरिएको र भोलि बहुमत सदस्य आफैँ सर्वोच्चमा उपस्थित भएर रिट दायर गर्ने प्रचण्डको भनाइ छ ।

विघटनविरुद्ध सर्वोच्च जाने सांसदमध्ये १९ जना नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद रहेका छन् । भोलिसम्म आफू पक्षका ३० जना सांसदले हस्ताक्षर गर्ने सम्भावना रहेको नेपाल पक्षका नेताहरूले बताएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र–बावुराम पक्ष र जनमोर्चाले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै एक सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो । आफूहरूको पक्षमा स्पष्ट बहुमत हुँदा हुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश मान्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा नगरेको गठबन्धनको भनाइ छ ।

तर प्रधानमन्त्रीले पनि आफूलाई एक सय ५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपतिले मध्यरातमा संसद् विघटन गर्नुभएको थियो । तर प्रधानमन्त्रीले सांसदहरूको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै त्यसको छानबिन गर्न विपक्षी दलले माग गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार