Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानमन्त्री ओलीले धारा ७६ को ९५० अनुसार सरकार गठन प्रक्रिया थाल्ने


  • लुम्बिनी चिन्तन
  • जेठ ६, २०७८ बिहिवार
  • 822
    SHARES

प्रधानमन्त्री ओलीले धारा ७६ को ९५० अनुसार सरकार गठन प्रक्रिया थाल्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने हुनुभएको छ । बिहीवार आज बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियाअघि बढाउने निर्णय गरेको हो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन नसके स्वतः मध्यावधि चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बहुमतको आधारमा सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा अल्पमतको सरकारको रूपमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको थियो । अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ ९३० अनुसार ओली प्रधानमन्त्री नियुक्त हुनुभएको हो । 

अल्पमतको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधि सभाका जुनसुकै सदस्यले बहुमत छ भन्ने आधार पेस गरेमा उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । 

यस्तै बैठकले जेठ ९ गते संसद्को अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार