Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

माधव-झलनाथ पक्ष राजीनामाबाट पछि हटे, संसद् बैठकमा अनुपस्थित हुने निर्णय

हतारोमा अनुचित निर्णय नगर्नू : ओली


  • लुम्बिनी चिन्तन
  • बैशाख २७, २०७८ सोमवार
  • 784
    SHARES

माधव-झलनाथ पक्ष राजीनामाबाट पछि हटे, संसद् बैठकमा अनुपस्थित हुने निर्णय

काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षका सांसदहरू राजीनामा दिने निर्णयबाट पछि हटेका छन्।

नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भने । तर, प्रधानमन्त्रीले विश्वासको मत लिने बैठकमा भने उनीहरूले अनुपस्थित हुने निर्णय गरेका छन्। 

बैठकपछि एमाले उपाध्यक्ष एवम् सांसद भीम रावलले आजको विश्वासको मत दिने बैठकमा आफूहरू उपस्थित नहुने निर्णय गरेका छाै ।

सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ ।

पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए । आजको बैठकमा २१ जना सांसद सहभागी थिए। उनले राजीनामाबारे छलफल भएपनि तत्कालका लागि संसद बैठकमा अनुपस्थित भएर विश्वासको मत नदिनु नै पर्याप्त हुने निष्कर्षमा पुगेको जानकारी दिए ।

ओलीको आग्रहः हतारोमा अनुचित निर्णय नगर्नू
  
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा–एमालेका सांसदहरुलाई राजीनामा नदिन र विश्वासको मतदानमा सहभागी हुन आग्रह गरेका छन्। माधवकुमार नेपाल नेतृत्वको समूहका सांसदहरुले आजै राजीनामा दिने तयारीमा जुटेका बेला प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन्।

उनले एमालेका असन्तुष्ट सांसदहरुलाई हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन्। ‘म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।’

उनले एमाले सांसदहरुलाई प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट सुरु हुने प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठकमा सहभागी हुन भनेका छन्।

‘त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ,’ उनले स्मरण गराएका छन्। प्रधानमन्त्री ओलीले हिजो आइतबार एक वक्तव्य जारी गरी असन्तुष्ट पक्षका एमाले सांसदहरुलाई सामूहिक राजीनामा दिने, फ्लोर क्रस गर्नेजस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका थिए।


लुम्बिनी चिन्तन

थप समाचार