Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

शंकर पाेखरेललाई पुनः मुख्यमन्त्री बनाउने संसदीय दलकाे निर्णय


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०७८ आइतवार
  • 1.1K
    SHARES

शंकर पाेखरेललाई पुनः मुख्यमन्त्री बनाउने संसदीय दलकाे निर्णय

बुटवल। दलका नेता शंकर पोखरेललाई नै पुनः मुख्यमन्त्री बनाउने गरी नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलले निर्णय गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिए लगत्तै बसेको एमाले संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको आन्तरिक मामिला कानून,स्वास्थ्य तथा जनसंख्या मन्त्री लीला गिरीले जानकारी दिए ।

आजको संसदीय दलको बैठकमा भोज प्रसाद श्रेष्ठ बाहेकका सबै सांसदहरू पनि सहभागी भएका थिए । श्रेष्ठ भने कोभिड को संक्रमणका कारण बैठकमा सहभागी हुन सकेनन ।

पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले अर्को ब्यवस्था नभए सम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै मन्त्रिपरिषदको कार्यभार दिएका छन ।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई बुझाएको राजीनामा पत्रमा संविधानको धारा १६८ (१) अन्तर्गत नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका छन् । संबिधानको धारा १६८ को १ बमोजिम अव नेकपा एमालेले सरकार बनाउने तयारी सूरु गरेको छ ।

लुम्विनी प्रदेश सभामा एमालेका ४१ छन भने एमालेबाहेकका दलको सभामुखबाहेकको संख्या जोड्दा ३९ मात्रै पुग्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुख सहित १८, जसपाका दुई (चारजना कारबाही पछि) बच्ने छन् । त्यस्तै राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।


लुम्बिनी चिन्तन

थप समाचार