Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आयोगले जेठ ६ मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

वैशाख १४ भित्र दल दर्ता गरिसक्नुपर्ने


  • लुम्बिनी चिन्तन
  • बैशाख १०, २०७८ शुक्रवार
  • 922
    SHARES

आयोगले जेठ ६ मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं ।जेठ ६ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ। दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्छन्। वैशाख १४ गतेभित्र दल दर्ता गर्न आयोगले आग्रह गरेको छ।Capture.jpg

बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए।

बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पद रिक्त गरेका थिए। सांसद हटेसँगै बादलको गृहमन्त्री पद पनि गएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि बादललाई फेरि गृहमन्त्री नियुक्त गरेका थिए। बादल नेकपा एमालेको केन्द्रीय सदस्य गत फागुन २८ देखि छन्।


लुम्बिनी चिन्तन

थप समाचार