Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गृहमन्त्री थापाको सांसद पद खारेज, मन्त्रीबाट पदमुक्त


  • लुम्बिनी चिन्तन
  • बैशाख ५, २०७८ आइतवार
  • 1.8K
    SHARES

गृहमन्त्री थापाको सांसद पद खारेज, मन्त्रीबाट पदमुक्त

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट मुक्त भएका छन् । सांसद पद मुक्त भएसँगै थापा  गृहमन्त्रीबाट स्वतः पद मुक्त भएका छन् ।

नेकपा एमालेमा प्रवेश गरेपछि गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी गराएको हो।  

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो। फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि थापा प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्दै एमालेमा गएका थिए। 

एमालेमा गएपछि माओवादी केन्द्रले उनलाई कारवाही गरेको थियो । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो।


लुम्बिनी चिन्तन

थप समाचार