Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सर्वदलीय बैठक : सबै दलसँग कोरोना रोकथाम र नियन्त्रण गर्न प्रधानमन्त्रीकाे आग्रह


  • लुम्बिनी चिन्तन
  • बैशाख ४, २०७८ शनिवार
  • 1.1K
    SHARES

सर्वदलीय बैठक : सबै दलसँग कोरोना रोकथाम र नियन्त्रण गर्न  प्रधानमन्त्रीकाे आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । वैठकमा केपी शर्मा ओलीले कोरोनाको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गर्दै बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको थियाे। 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उहाँले सबैको सहकार्यबाट मात्र कोरोना रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोरोनाको समस्या समाधान गर्न सुझाव माग्नुभएको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिनुुभयो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताउनुभयो ।

कोरोना महामारी बढ्दै गएकोले थप सजगता अपनाउन र आवश्यक ठाउँमा विद्यालय बन्द गर्नेदेखि थप सजगताका क्रियाकलाप गर्न सबै दलले सुझाव दिएका थिए । यस्तै रिक्त पदमा उपचुनाव गर्ने विषयमा छलफल भएको र नेपाली काँग्रेसले आफ्नो महाधिवेशनको कार्यतालिका नजुध्ने गरी चुनाव गर्न आग्रह गरेको थियाे भने  यस्तै संसद्मा अड्किएको एमसीसी परियोजनाका बारेमा गम्भीर छलफल भएको सहभागी एक नेताले भने ।

बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको भन्दै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि समेत व्यक्त गर्नुभयो । बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गर्नुभयाे ।  बैठकमा नेकपमा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता सामाजवादी पार्टीको वाबुराम–उपेन्द्र यादव पक्षका नेताहरु सहभागी भएका थिएनन् । 

 


लुम्बिनी चिन्तन

थप समाचार