काठमाडौं, भाद्र ०५ । भारतले लिपुलेकमाथि नेपालको दाबी अस्वीकार गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई तत्काल सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छन्।
शर्माले लिपुलेक नेपाली भूमि भएको पुनः दोहो¥याउँदै भारत–चीन दुबैको व्यवहारप्रति स्पष्ट असन्तुष्टि जनाए। उनले राष्ट्रियताको विषयमा सबै दल, संसद र सरकार एउटै आवाजमा उभिनुपर्ने आवश्यकता औंल्याए।
उनले सरकारलाई ६ महत्वपूर्ण कदम चाल्न सुझाव दिएका छन्ः
१. सर्वदलीय बैठक आह्वान
२. राष्ट्रिय एकता र साझा धारणा निर्माण
३. चुच्चे नक्सा र संविधानको दाबीलाई स्पष्ट पार्ने
४. लिपुलेकसम्बन्धी भारत–चीन सहमतिप्रति पुनः कूटनीतिक नोट
५. ऐतिहासिक तथ्यका आधारमा छिमेकीलाई विश्वासमा लिने
६. सीमा विवाद हलका लागि इपीजी प्रतिवेदनलाई पुनर्जीवित गर्ने
शर्माको भनाइमा, “सिङ्गो नेपाल एउटै दृष्टिकोणमा उभिनैपर्छ।”