Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

दुर्गा प्रसाईले नयाँ राजनीतिक दल गठनको घोषणा, राप्रपाप्रति गम्भीर असन्तोष


  • लुम्बिनी चिन्तन
  • भाद्र २, २०८२ सोमवार
  • 228
    SHARES

दुर्गा प्रसाईले नयाँ राजनीतिक दल गठनको घोषणा, राप्रपाप्रति गम्भीर असन्तोष

भैरहवा, भाद्र ०२ । व्यवसायी तथा सामाजिक अभियन्ता डा. दुर्गा प्रसाईले अब सक्रिय राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्। जेलमुक्तिपछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नेपालको संविधानबमोजिम नयाँ राजनीतिक दल दर्ता गरेर अगाडि बढ्ने निर्णय सार्वजनिक गरे।

राष्ट्र र राष्ट्रियताको मुद्दालाई लिएर अभियान चलाउँदै आएका प्रसाईले अब अभियानको चरण सकिएको भन्दै संगठित राजनीतिक दलमार्फत आफ्नो यात्रा अघि बढाउने बताएका हुन्। उनले केही दिनभित्रै पार्टीको नाम सार्वजनिक गर्ने र छिट्टै दल दर्ता प्रक्रियामा जाने जानकारी पनि दिएका छन्।

पत्रकार सम्मेलनको क्रममा उनले राप्रपाप्रति गहिरो असन्तुष्टि व्यक्त गरे। उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई ‘बैंक चोर’ भन्दै चरित्रहत्या प्रयास गरेको आरोप लगाए। त्यससँगै उनले आफूले लिएको ऋणको ब्याजसमेत तिरेको र कर्जा सूचना केन्द्र (CIB) मा आफ्नो नाम कालोसूचीमा नरहेको पनि प्रष्ट पारे।

राजसंस्थासम्बन्धी विषयमा बोल्दै प्रसाईले “राजा ल्याउने मुद्दा हाम्रो हो, तर अब सारा जिम्मेवारी राजाको काँधमा छ“ भन्दै आफूले आवश्यक प्रयास गरिसकेको बताए। अब राजाले कुन दिशा दिन्छन्, त्यसअनुसार अगाडि बढ्ने स्पष्ट संकेत दिए।

प्रसाईले आफूले नयाँ पार्टी व्यवस्था भित्र रहेरै व्यवस्थाविरोधी आन्दोलन गर्ने उद्देश्यले गठन गर्न लागेको उल्लेख गर्दै राप्रपा र आफ्ना बीचमा ठुलो अन्तर रहेको दाबी गरे।


लुम्बिनी चिन्तन

थप समाचार