Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

व्यवस्था बदल्न चाहने जनताले राप्रपालाई रोज्नुपर्छः अध्यक्ष लिङ्देन


  • लुम्बिनी चिन्तन
  • श्रावण २८, २०८२ मंगलवार
  • 364
    SHARES

व्यवस्था बदल्न चाहने जनताले राप्रपालाई रोज्नुपर्छः अध्यक्ष लिङ्देन

भैरहवा, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान अस्तव्यस्त र भ्रष्ट अवस्थाबाट मुक्ति पाउन व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन्। रुपन्देही–३ मा हुने उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को संज्ञा दिँदै उनले जनताले पुरानै असफल पार्टीहरूलाई होइन, व्यवस्था बदल्न अग्रसर एकमात्र पार्टी राप्रपालाई समर्थन गर्नुपर्ने आवश्यकता औंल्याए।

भैरहवामा आयोजित कार्यकर्ता भेलामा बोल्दै लिङ्देनले कांग्रेस र एमाले जस्ता दलहरूले तीन दशक सत्तामा बसेर भ्रष्टाचार फैलाएको, मुलुकलाई ऋणको भारीमा पु¥याएको र जनतालाई धोका दिएको बताए।

उनले मतदाताहरूको चेतनास्तर अब परिक्षणमा परेको उल्लेख गर्दै भने, “यदि जनताले साँच्चिकै परिवर्तन चाहन्छन् भने पुराना पार्टीलाई होइन, व्यवस्था बदल्ने हैसियत राख्ने राप्रपालाई जिताउनुपर्छ।”

रास्वपाको धारणा स्पष्ट नभएको उल्लेख गर्दै उनले विकल्पका नाममा भ्रम सिर्जना हुन नहुने चेतावनी दिए। साथै, प्रदेश सरकार खारेज गरी खर्च घटाउनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्व र व्यवस्थामा आमूल सुधार आवश्यक रहेको उनको धारणा छ।


लुम्बिनी चिन्तन

थप समाचार