भैरहवा । नेकपा एमालेका नेता घनश्याम भुसालले राष्ट्रिय राजनितिक हिसाबले २०७७ साल सफल हुन नसकेको बताएका छन । माधव नेपाल समूहको प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरे पत्रकार सम्मेलन तथा साक्षात्कार कार्यक्रममा बोल्दै नेता भुसालले ओलीको अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेकोले २०७७ साल विग्रीए वर्षको रुपमा रहेको बताए ।
नेकपा एमालेका अध्यक्ष आफनो पाटीका कार्यबर्ता, नेता र बराबरकै साथीहरुलाई पार्टीबाट निकाल्ने, कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोजेकोले पार्टी एकता ओलीले नै नखोजेको प्रष्ट हुने बताए ।
आफ्नै पार्टीका नेतालाई लखेटेर पार्टी विभाजन गर्ने तयारी गरेर महन्त ठाकुर सहितको गठबन्धन गरेर सरकार चलाउने कुरा भइरहेको छ । बाम गठबन्धनको सम्भावनालाई लत्याएर बामको बहुमत हुदा हुदै पनि बढि असहमत पार्टीसँग गठबन्धन भएको कुरा नै पछिल्लो राजनितिको मुल गाठो रहेको नेता भुसालले बताए ।
ओलीले लोकतान्त्रिक लक्षमण रेखा भत्काउदै गएको बताउदै हामी नेकपा एमालेको गरिमा इज्जत प्रतिष्ठा बचाउन चाहेको बताए । यसका लागि हामी एकता, लोकतान्त्रिक स्थिरता बचाउन चाहेको छौ एमाले भित्र कै समस्या जित्दै पुर्नजीवत गर्न पर्छ ।
ओलीले विगार्दै गएको राजनितिलाई अगामी दिनमा फिर्ता गर्न चाहेको बताउदै पदको तृष्णले रााष्ट्रिय राजनितिलाई दुनियालाई बताउदै पार्टी भित्रै बताएर पार्टीलाई एकताबद्ध पार्ने बताए ।
संसद पुर्नस्थापना पछि ओलिले राजिनामा दिने र ओलि पक्षकै कसैलाई प्रधानमन्त्री बनाउनेमा आफुहरुले छलफल थालेपनि ओलिकै कारण उक्त छलफल अगाडि नबढेको भुसालले खुलासा गरे । उनले आफुहरु एमालेको गरिमा, प्रतिष्ठा बचाउन लागेको समेत बताए ।