Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेताहरूको सम्पत्ति छानबिन गर्न राप्रपाको माग


  • लुम्बिनी चिन्तन
  • श्रावण ३, २०८२ शुक्रवार
  • 358
    SHARES

नेताहरूको सम्पत्ति छानबिन गर्न राप्रपाको माग

काठमाण्डौ साउन २।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उच्च पदस्थ नेता तथा कर्मचारीहरूमाथि छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगेको छ।

२०४६ सालपछिका उच्च पदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरिनुपर्ने र सबै भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न राप्रपाको माग छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा नेताहरूले शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारलाई ज्ञापन पत्र नै बुझाएर सम्पत्ति र सबै काण्डहरूको छानबिन गरी दोषीमाथि कारबाही माग गरेका हुन्।

‘संघ, प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धाजस्तो देखिन्छ। अहिले भ्रष्टाचार कहाँ-कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ,’ राप्रपाले अख्तियारमा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।


लुम्बिनी चिन्तन

थप समाचार