Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रूपन्देही–३ उपनिर्वाचनमा भैरहवाका युवा अजय गुप्ताले गरे उम्मेदवारी घोषणा


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०८२ बिहिवार
  • 712
    SHARES

रूपन्देही–३ उपनिर्वाचनमा भैरहवाका युवा अजय गुप्ताले गरे उम्मेदवारी घोषणा


भैरहवा असार २६/
भैरहवाका युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । 
बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, स्थानीय क्षेत्रको र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको बताए ।
सिद्धार्थनगर–३ निवासी गुप्ता ब्यावसायी , समाजसेबी , संचार उद्यमी तथा बौद्धिक युवाका रुपमा गनिन्छन् ।

1746887663_Lumbini.gif विद्यार्थीकालबाटै विभिन्न पार्टीका कमिटीहरुमा रहेर काम गरेका उनी सफल युवा उद्योगीसमेत हुन् । ४३ वर्षीया गुप्ता लुम्बिनी ईंटा उद्योग ब्यवसायी संघ, रुपन्देहीको अध्यक्ष समेत भएर काम गरिसकेका छन् । 
रोटरी क्लब अफ भैरहवा, साहु कल्याण समिति, रूपन्देहीका सल्लाहकार, काशी नोबल एकेडेमीका संचालक समिति उपाध्यक्ष समेत रहेका उनी संचार उद्यमी पनि हुन् । उनले भैरहवाका आधा दर्जन संघसंस्थामा रहेर काम गर्दै आएका छन् । उनी आर एण्ड एन ईंटा उद्योगका संचालक, नेपाल–भारत अवध मैत्री समाज, रुपन्देहीका अध्यक्ष, दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्र, सिद्धार्थनगर अध्यक्ष छन् ।
गुप्ताको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रहेको छ । रुपन्देहीका युवाहरुमाझ लोकप्रिय उनी शिक्षित र योजनाकारका रुपमा चिनिन्छन् । उनका बुवा रतनकुमार गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्वउपमेयर समेत हुन् । रतनकुमार २०४९ देखि २०५४ सम्म सिद्धार्थनगरको उपमेयर भएर काम गरेका थिए ।

राप्रपा जिल्ला उपाध्यक्ष छाडेपछि आफ्नो पार्टीमा भित्र्याउन विभिन्न दलहरुले प्रस्ताव गरे पनि हाल सम्म उनि स्वतन्त्ररुपमा काम गर्दै आएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ ले स्थानीय नेता नपाउँदा जनता र क्षेत्रको समस्या जहाँकोतही रहेको उनले बताए । 
उम्मेदवारीसँगै गुप्ताले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन् । ‘अबको नेतृत्व रैथाने’ भन्दै गुप्ताले ६ वटा बुँदामा आफूले अघि सार्ने एजेण्डा तय गरी सार्वजनिक गरेका हुन् । जसअनुसार पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रमहरु गर्न पहल गर्ने उनले बताए । ‘यो क्षेत्र र समग्र रुपन्देहीलाई पर्यटनबाटै समृद्ध बनाउन सकिन्छ’, उनले भने, ‘यसका लागि सही नेतृत्व, सही नीति, कार्यक्रम र योजनाहरु हुनुपर्छ । यी सबै कुराहरु मसँग छन् । यसमा मैले काम गर्नेछु ।’
यस्तै, कृषितर्फ कृषकको आर्थिक सुधारका लागि मल, बीउ एवं सिंचाईका लागि सुविधा र उत्पादित सामाग्रीहरुको बजारीकरण गर्ने उनले योजना अघि सारेका छन् । यसैगरी उद्योगतर्फ उद्योगी–व्यवसायीहरुले हाल भोगिरहेको समस्याहरु समाधान लागि उच्च प्राथमिकता दिने उनको भनाई छ । ‘उद्योगमैत्री नीति र कार्यान्वयन गर्न पहल गरी रुग्ण उद्योग संचालन, रोजगारी सिर्जना र लगानीकर्तालाई प्रोत्साहन गर्न मैले भूमिका खेल्नेछु’, उनले भने ।
गुप्ताले गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि नै समाधानको पहल गर्ने, जिल्लामा उत्पादित सम्पूर्ण सामाग्रीहरुलाई विश्वबजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी गर्ने जनाए । यस्तै, अन्तर्राष्ट्रियरुपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्रविस्तार गरी उपमहानगर बनाउन पहल गर्ने र समानुपातिक रुपमा क्षेत्रको विकास गर्ने बताए ।

 


लुम्बिनी चिन्तन

थप समाचार