Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आन्दोलनकारीहरुले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०८१ शनिवार
  • 508
    SHARES

आन्दोलनकारीहरुले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक

शनिबार, १६ चैत । राजावादीहरूले क्षति पु¥याएको तीनकुने–कोटेश्वर क्षेत्रको गृहमन्त्री रमेश लेखकले अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलोमात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् । केही मलहरूमा लुटपाट गरेका छन् । सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन् । जडीबुढी कम्पनीमा आगो लगाइदिएका छन् । त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कफ्र्यु लगाइएको थियो । अहिले स्थगित गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार